८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पाँचौँ मेचीनगर गोल्डकपको लोगो सार्वजनिक

फाल्गुन ३, २०८१, १२:४८ .शनिबार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ३ फागुन । यही फागुन २१ देखि २८ गतेसम्म आयोजना हुने पाँचौँ मेचीनगर गोल्डकपका लागि मेचीनगरको नक्सा अंकित ‘हात्तिको मस्कट’ भएको लोगो सार्वजनिक गरिएको छ ।

आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा उक्त नक्सा भएको मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले ‘हात्तिको मस्कट’ को पर्दा उघारेर लोगो सार्वजनिक गरेका थिए ।

प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले आयोजकले नगरपालिकामा प्रस्ताव गरेको २५ लाखको सहयोगका विषयमा छलफल गरेर निर्णयमा पुगिने बताएका छन् ।

खेलकुदको क्षेत्रमा मेचीनगर अग्र पंक्तिमा रहेको उनले बताए । उनका अनुसार नगरलाई खेलकुदको हवको रुपमा विकास गर्न सबै लाग्नु पर्छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, कोशी प्रदेशका पूर्व सांसद एवम् मेचीनगर गोल्डकप मुल आयोजक समिति संयोजक श्रीप्रसाद मैनाली, गोल्डकप सहसंयोजक एवम् पूर्व नगरप्रमुख विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा), मुल आयोजक समितिका सल्लाहकार संयोजक गंगालाल गुरुङ लगायतले गोल्डकप सफल पार्न सबै लाग्नु पर्ने बताएका थिए ।

गोल्डकपको आजीवन सदस्य बन्न १० हजार रुपैयाँ लाग्ने छ । समितिले ४०० जना सदस्य पुर्याउने लक्ष्इ राखेको छ । अहिलेसम्म २५० जना भन्दा बढीले नाम दर्ता गराएको बताएको छ ।

गोल्डकप सम्पन्न गर्न करिव ८० लाख अनुमानित खर्च लाग्ने छ । मुख्य प्रायोजकलाई नगद १५ लाख र सहप्रायोजकलाई ३ लाखको सहयोग रकम राखिएको छ ।

गोल्डकपमा ए डिभिजनका ६ वटा, विदेशी र आयोजक टिम गरेर ८ वटा टिम प्रतियोगितामा सहभागी हुने बताइएको छ ।
प्रतियोगिताका विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

पाँचौँ मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न लोगो सावैजनिक कार्यक्रमको स्वागत आयोजक संस्था काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली (दिनेश)ले र सञ्चालन मुल आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए ।

 

पछिल्लो समाचार

तत्काल स्थानीय व्यापारीलाई नहटाउन नगरप्रमुखको आग्रह

अघिल्लो समाचार

काँकरभिट्टामा ‘कला साहित्य उत्सव’ हुने

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.