मेचीनगर, ११ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले आफ्नो भाषा, संस्कृति र संस्कार जोगाउँन संगठित भएर लाग्नु पर्ने बताएका छन् ।
‘धिमाल महिलाको एकता, हाम्रो प्रतिवद्वता’ भन्ने मुल नाराका साथ शनिबार धुलाबारी स्थित रोयल निर्भाणमा प्रथम राष्ट्रिय धिमाल महिला भेलाका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।
‘धिमाल समुदायले आफ्नो भाषा, संस्कृति र संस्कार जोगाउँन रगत र अनुहारले मात्र छुट्टाउँदैन’, बुढाथोकीले भने–‘त्यसको जगेर्ना गर्नका लागि संगठित भएर लाग्नु पर्छ ।’
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, धिमाल जाति विकास केन्द्रका संस्थापक पात्र धिमाल, माईपूर्व (माझिवारङ) का उपाध्यक्ष प्रसाद, धिमाल धुलाबारी धिमाल समाजका अध्यक्ष सुरज धिमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
केन्द्रमा ४ जना सदस्य थपिए
धिमाल महिला संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको राष्ट्रिय भेलाले केन्द्रमा चार जना सदस्य थप गरेको छ । थप गरिएको सदस्यहरुमा सृजना धिमाल, सबिना धिमाल, सुनिता धिमाल र पूजा धिमाल रहेका छन् ।
समितिको यसअघिको कार्यसमितिको केन्द्रीय अध्यक्षमा मञ्जु धिमाल, उपाध्यक्षमा रमलादेवी धिमाल, सचिवमा बेनुका धिमाल, सहसचिवमा लेलीना धिमाल र कोषाध्यक्षमा निर्माण धिमाल छन् ।
त्यस्तै सदस्यहरुमा रञ्जु धिमाल, विजयता धिमाल, बुधनी धिमाल र कल्पनादेवी धिमाल रहेका छन् । धिमाल महिला संघकी अध्यक्ष मञ्जु धिमालको अध्यक्षता सम्पन्न राष्ट्रिय भेलाको स्वागत सचिव बेनुका धिमालले र सञ्चालन सहसचिव लेलीना धिमालले गरेकी थिइन् ।
संघको झापा अध्यषमा झलक
यसैबीच राष्ट्रिय भेलाले झापा जिल्ला समिति पनि सर्वसम्मत चयन गरेको छ । धिमाल महिला संघ झापाको अध्यक्षमा झलक धिमाल, उपाध्यक्षमा लक्ष्मी धिमाल, सचिवमा गौरी धिमाल, सहसचिवमा सुस्मिता धिमाल र कोषाध्यक्षमा दीलसरी धिमाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुस्मिता धिमाल, मीना धिमाल र रेखा धिमाल रहेका छन् ।
यस कार्यक्रमको सहयोग दातृ निकाय टेवा नेपालले गरेको धिमाल सेवा समाज नेपालका अध्यक्ष मानबहादुर धिमालले बताए ।
भिडियो पनि हेर्नुहोला ।
Discussion about this post