काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
मेचीनगर–६ मा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको दुईवर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको हो ।
२०७९ फागुन १४ गतेबाट सुरु भएको अनलाइनको धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले शुभारम्भ गरेका थिए ।
खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचीलाई मध्येनजरमा राखेर सञ्चालन गरिएको मेचीनगर अनलाइन छोटो समयमा धेरै पाठकहरुको अपार माया जित्न सफल भएको छ ।
व्यवसायीक पत्रकारितालाई शिरमा राखेर स्थानीय समाचारलाई बढी प्राथमिकता दिने प्रयास गरिरहेको छ ।
सबै राजनीतिक दल, पेशा, व्यवसाय, धर्म र संस्कृति, भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग, लिंग लगायतका समाचारहरुलाई समावेशी ढंगबाट प्राथमिकताका आधारमा प्रकाशन गर्दै आएको अनलाइनका सम्पादक तथा सञ्चालक अर्जुन कार्कीले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासनको परिकल्पना, स्वास्थ्य, शिक्षा, विकास, खेलकुद, समाजमा हुने विकृति, विसंगती र भ्रष्टचार विरुद्ध निरन्तर खवरदारी गर्ने अभियान निरन्तर रहेको सम्पादक कार्कीको भनाई छ ।
Discussion about this post