धुलाबारी, १५ फागुन । सत्तारुढ दलको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नहटाउन सरकारलाई आग्रह गरेका छन् ।
आज प्रेस क्लब मेचीनगरको १० औं साधारण सभा तथा छौठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा झापा–१ बाट प्रतिनिधि सभाका सांसद समेत रहेका शर्माले यस्तो आग्रह गरेका हुन् ।
‘सरकार कर्म गर्नतिर लागोस्’, महामन्त्री शर्माले भने–‘केवल कर्मचारी हटाउनेतिर होइन । कुलमानको अब धेरै समय छैन । हटाउनु हुँदैन ।’
सामाजिक सञ्जाल विधेयक शंसोधन गर्नुपर्छ
उनले संसदमा ल्याइएको सामाजिक सञ्जाल विधेयक शंसोधन गर्नु पर्ने बताए । उनका अनुसार फेसबुकमा जथाभावि लेख्ने छुट कसैलाई छैन । नियमन गर्नु पर्छ । फेसबुकतिर मलाई अकौ महमन्त्री गगन थापालाई हािर्दक श्रद्वाञ्जली लेखिरहेका हुन्छन् । तर, त्यसको जवाफ राजनीतिक तरिकाले नै दिनु पर्छ ।
नेपाल टावर गठन गर्नुपर्छ
हालै उडीसामा नेपाली विद्यार्थीप्रति भएका घटनालाई लिएर उनले अब यस्ता घटना नदोहोरिउन भनेर विदेशीसँग सिधै छलफल गर्नेगरी नेपाल टावर गठन गर्न जरुरी रहेको बताए ।
उनले भने‘सञ्चारमाध्यमले जहिलै नकरात्मक समाचार मात्र होइन सन्देशमुलक समाचार पनि पस्किनु पर्छ ।’
प्रणालीगत सुधार गर्नुपर्छ
कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लोकतन्त्रमा प्रणालीगत सुधारलाई सबैले आत्मासाथ गरेर अघि बढ्नु पर्ने बताउका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नं.१ का क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्ष मुक्ति पौडेल, निवर्तमान अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
निर्वाचन समिति संयोजक एवम् प्रेस क्लब मेचीनगरका पूर्वअध्यक्ष ज्ञानेन्द्र निरौलाको अध्यक्षतासहित स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य प्रकाश उप्रेतीले गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेलले प्रतिवद्वतासहित समापन मन्तव्य व्यक्त गरेका थिए ।
Discussion about this post