१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वाधार निर्माणका कामहरु धमाधम

मेचीनगरमा ‘योजना मोनिटरिङ प्रणाली’ सञ्चालनमा

फाल्गुन १५, २०८१, २:०० .बिहिबार
0
0
0
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ फागुन । मेचीनगरको पन्ध्र वटै वडामा पूर्वाधार तथा विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् ।

मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ९२९ वटा योजना तथा कार्यक्रमहरु अघि बढाएको छ ।

नगरपालिका अन्तरगतको पूर्वाधार विकास समिति संयोजक चित्र धिमालका अनुसार ९२९ वटा योजना तथा कार्यक्रमहरु मध्ये २८ वटा योजना सम्पन्न भएर भुक्तानी भइसकेको छ । २३ वटा योजना सम्पन्न भएका छन् । ४१ वटा योजना कार्यदेश अनुसार जारी छन् । ३५ वटा योजना सम्झौता भएका छन् । २ वटा योजनाको बोलपत्र आव्हान गरिएको छ ।

त्यस्तै १० वटा लागत अनुमान कार्यक्रम स्वीकृत भएका छन् । १३ वटा योजनाका लागि उपभोक्ता समिति गठन गरिएको छ ।
१८८ वटा योजना तथा कार्यक्रम सुरु भएको छ भने ७४१ वटा योजना प्रक्रिया सुरु गरिने तयारीमा रहेको धिमालले जानकारी दिए ।

पूर्वाधार विकास शाखामार्फत ८७ वटा योजना तथा कार्यक्रममा २३ वटा सुरु भएको छ । शिक्षा शाखाको २२ वटा योजनामा ११ वटा, स्वास्थ्य शाखाको २० वटामा २ वटा, महिला तथा बालबालिका शाखाको ११ वटामा २ वटा, कृषि शाखाको २६ वटामा ८ वटा, पशु शाखाको १२ वटामा ९ वटा योजना तथा कार्यक्रम सुरु भएको छ ।

यस्तै प्रशासन तथा योजना अनुगमन शाखाको २० वटामा एउटा, सामाजिक विकास शाखाको ४३ वटामा १० वटा र वातावरण, सरसफाइ तथा विपद व्यवस्थापन शाखाको ९ वटामा २ वटा योजना तथा कार्यक्रम सुरु भएको नगरपालिका कार्यालयले जनाएको छ ।

पन्ध्र वटै वडाका योजना तथा कार्यक्रमहरु यस्तो रहेको छ । जसमा वडा नं.१ मा ४३ वटामध्ये ७ वटा, वडा नं.२ मा ४२ वटा मध्ये ८ वटा, वडा नं.३ मा ४५ वटा मध्ये २७ वटा, वडा नं.४ मा ७३ वटा मध्ये ११ वटा, वडा नं.५ मा ४१ वटा मध्ये २० वटा, वडा नं.६ मा ५० वटा मध्ये १२ वटा, वडा नं.७ मा ५२ वटामध्ये ११ वटा र वडा नं.८ मा ४८ वटा मध्ये २ वटा योजना सुरु भएको छ ।

यसरी नै वडा नं.९ मा ३१ वटा मध्ये २ वटा, वडा नं.१० मा ४७ वटा मध्ये ६ वटा, वडा नं.११ मा २७ वटा मध्ये ५ वटा, वडा नं.१२ मा ४१ वटामध्ये ८ वटा, वडा नं.१३ मा ३६ वटा मध्ये ३ वटा, वडा नं.१४ मा ४५ वटामध्ये २ वटा र वडा नं.१५ मा ४६ वटा मध्ये ५ वटा योजना तथा कार्यक्रम धमाधम भइरहेको छ ।

नगरबासीलाई नगरपालिकाको हरेक कामहरु हेर्नका लागि कार्यालयले योजना मोनिटरिङ प्रणाली सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।

उनले प्रत्येक वडा कार्यालय, नगरपालिकाको सबै शाखाहरुको दैनिक प्रगति विवरण नगरको वेवसाइडको योजना मोनिटरिङ प्रणालीमा राखिएको बताए । उनका अनुसार प्रणालीमा नगरको सबै कामहरु मजाले हेर्न सकिने छ ।

पछिल्लो समाचार

महामन्त्री शर्माले भने–‘कुलमानलाई हटाउन हुँदैन’

अघिल्लो समाचार

काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि बारीबाटै टिप्न रोक

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.