२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रतिष्ठानहरुको प्रथम ऐतिहासिक भेला

फाल्गुन १६, २०८१, ३:५८ .शुक्रबार
0
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ फागुन । मेचीनगरमा क्रियाशील प्रतिष्ठानहरुले साहित्य, कला, संंस्कृति, संगीत लगायतको विकास र जगेर्नाका लागि नगरस्तरीय प्रतिष्ठान स्थापनाको माग गरेका छन् ।

लाल भागीरथा बानियाँ प्रतिष्ठान मेचीनगरको आयोजनामा आज धुलाबारीको शुभारम्भ रेस्टुरेन्टमा सम्पन्न प्रतिष्ठानहरुको प्रथम ऐतिहासिक भेलाले उक्त माग गरेको हो ।

भेलाको निष्कर्षमा भनिएको छ–‘नगरभित्रका विभिन्न कला, साहित्य, सिर्जनात्मक कार्य, संस्कृति आदिको विकास, जगेर्ना तथा उन्नयनको काममा निरन्तर नेतृत्व गर्ने स्थानीय सरकारलाई नगरस्तरीय प्रतिष्ठानको स्थापना गरी सञ्चालन गर्न अनुरोध गर्दछौं ।’

प्रतिष्ठानहरुका तर्फबाट उक्त माग बारे मेचीनगर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई औपचारिक रुपमा अवगत गराउन प्रतिनिधिमण्डल जाने र त्यसको अगुवाई लाल भागीरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले गर्ने भेलाले निर्णय गरेको छ ।

प्रमुख अतिथि एवम् कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले भेलाको उद्घाटन गरेका थिए । सो अवसरमा कोशी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राई, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष आतिथ्यता रहेको थियो ।

मन्त्री राना मगर र नगरप्रमुख बुढाथोकीले शुभकामना मन्तब्यको क्रममा मेचीनगरका प्रतिष्ठानहरुले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिइरहेको चर्चा गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

भेलामा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्याल र संरक्षक लेखनाथ खतिवडा, पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठानका अध्यक्ष शिरो सान्दाई, सहिद वीरेन स्मृति प्रतिष्ठानका अध्यक्ष पदम गौतम, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, पुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद न्यौपाने, रण–खड्ग खवास फाउन्डेसनका अध्यक्ष भीम खवास, गोवा हरिनारायण भाग्य रुपा सिग्देल स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद सिग्देल, लाल भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ, उपाध्याक्ष मनोज बानियाँ, सचिव डम्बर देउजा, सदस्य भाष्कर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

भेलामा प्रतिष्ठानहरुका तर्फबाट आ–आफ्नो संस्थाको परिचय, उद्देश्य र गतिविधि प्रस्तुत गरिएको थियो । आगामी दिनमा प्रतिष्ठानहरुबीचको सहकार्यलाई अझ सुदृढ बनाउने र आलोपालो भेलाको आयोजना गर्ने भेलामा निर्णय भएको छ ।

भेलाको अध्यक्षता लाल भागीरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले र सहजिकरण पत्रकार मोहन काजीले गरेका थिए ।

पछिल्लो समाचार

भद्रपुर ब्लेजर्स ‘भद्रपुर झापा गोल्डकप’ च्याम्पियन

अघिल्लो समाचार

फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविलाई

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.