मेचीनगर, १७ फागुन । प्रगतिशील युवा क्लबले आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविले जितेको छ ।
प्रगतिशील युवा क्लब मेचीनगर–१० ले शुक्रबार धुलावारी फुटसल एरिनामा आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगितामा मेचीनगर–१० का ७ वटा विद्यालयलाई पछि पार्दै धुलावारी माविले उपाधि हात पारेको हो ।
प्रतियोगिताको विजेता धुलावारी माविलले नगद १० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
त्यस्तै प्रतियोगिता उपविजेता शिशु साक्षर आविले नगद ७ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी धुलावारी माविका जुलुम खतिवडा भए भने उत्कृष्ट गोल रक्क्षक शिशु साक्षर आविका गोल रक्क्षक राहुल दनुवार भए ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, चेतनशील सामुदायीक सिकाई केन्द्र अध्यक्ष उदय वराईली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शिशु शाक्षर आविका प्रधानाध्यापक लोकनाथ ढकाल, सारदा शिक्षा सदन प्रधानाध्यापक अर्पण कार्की, धुलावारी माविका शिक्षक चेतन निरौला, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष खगेन्द्र घिमिरे, रोलिङ क्लब धुलावारीका सदस्य लक्षु बानियाँ, क्लब्का सल्लाकार रोश्नी खनाल, बलाराम चिमरिया, मेदनी खनाल, बिभिन्न विद्यालयका शिक्षक, बाल क्लव अध्यक्षहरुको आथित्यता रहेको थियो ।
प्रतियोगिताको मेत्रीपूर्ण खेलमा प्रेस क्लब मेचीनगर र आयोजक धुलाबारी तथा शान्ति समाज बाल क्लब र टिकापुर बाल क्लबबीच प्रतिस्प्रर्धा भएको थियो ।
प्रगतिशील युवा क्लबका अध्यक्ष विशाल कार्कीले अध्यक्षतासहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक सानोकुमार लिम्बुले र सञ्चालन क्लबका कोषाध्यक्ष सुजन घिमिरेले गरेका थिए ।
Discussion about this post