२८ चैत्र २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा क्षेत्रमा प्रगति गर्दै मेचीनगर

फाल्गुन १८, २०८१, १:०८ .आइतवार
0
0
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ फागुन । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा शिक्षा क्षेत्रमा चालिस प्रतिशत लगानी गरिसकेको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारीले चालु आर्थिक वर्ष २०८१ साउनदेखि पुस सम्ममा चालिस प्रतिशत शिक्षा क्षेत्रमा लगानी भएको जानकारी दिए ।

उनका अनुसार यसवर्ष संघबाट ४० करोड २२ लाख ११ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजन भएको बजेट मध्ये साउनदेखि पुस सम्ममा १७ करोड १२ लाख ८१ हजार ९२४ रुपैयाँ अर्थात ४८.५८ प्रतिशत शिक्षा क्षेत्रमा खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा ९० प्रतिशत शिक्षामा खर्च गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

त्यस्तै नगरपालिकाले यसवर्ष ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ विनियोजन गरेकोमा पुस सम्ममा १ करोड २५ लाख २५ हजार १९१ रुपैयाँ खर्च भएको भण्डारीले बताए । चालु आर्थिक वर्षमा ९५ प्रतिशत शिक्षामा खर्च गर्ने लक्ष्य लिएकोमा ३५ प्रतिशत रकम खर्च भएको उनले बताए ।

गतवर्ष केन्द्र सरकारबाट ३९ करोड ३२ लाख ५२ हजार बजेट आएकोमा ३५ करोड ९६ लाख ८८ हजार ९ रुपैयाँ २ पैसा खर्च भएको कार्यालयले जनाएको छ ।

त्यस्तै गतवर्ष कोशी प्रदेश सरकारबाट ३६ लाख ५० हजार रुपैयाँ आएको थियो । यसैगरी नगरपालिकाको ३ करोड ४६ लाख ७५ हजार रुपैयाँमा ३ करोड ३१ लाख ९३ हजार ८३४ रुपैयाँ खर्च भएको कार्यालयको भनाई छ ।

गतवर्ष नगरको शिक्षामा कुल ४३ करोड १५ लाख ७७ हजार विनियोजन भएको बजेट मध्ये ३९ करोड ६२ लाख ३१ हजार ८४३ रुपैयाँ खर्च भएको शिक्षा शाखा प्रमुख भण्डारीले बताए ।

मेचीनगरको ४२ वटा सामुदायिक विद्यालयमा ६ हजार ८४८ छात्रा र ७ हजार १७९ जना छात्र गरी कुल १४ हजार २७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

संघबाट तलव खाने गरी स्वीकृत दरबन्दी शिक्षक ४५४ जना, संघको लेखा कर्मचारी र नगरपालिकाकासहित ६१८ जना शिक्षक नगरमा कार्यरत रहेका छन् ।

नगरले विभिन्न विद्याका विद्यार्थीहरुलाई छात्रावृति समेत दिँदै आएको छ । सहिद विरेन राजबंशी छात्रवृति अन्तरगत कक्षा ११ र १२ पढ्ने ६५९ जना विद्यार्थीलाई जनही ३ हजारका दरले र वीपी कोइराला छात्रावृति बापत प्राविधिक शिक्षामा स्नातक तह पढ्ने ८ जना विद्यार्थीलाई पनि १२ हजारदेखि १६ हजारसम्म छात्रावृति प्रदान गरिने जनाएको छ ।

त्यस्तै संघले कक्षा १ देखि १२ सम्मका ३४५८ जना छात्रा, दलित ५०६ जना, सीमान्तकृत ८५८ जना, अपाङ्गता भएका २६ जना विद्यार्थीलाई पनि छात्रावृति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

यसैगरी शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा पनि लगानी धेरै भएको कार्यालयको भनाई छ ।

भण्डारीका अनुसार प्रति विद्यार्थी लागत अनुदान मार्फत प्रारम्भिक वालविकास कक्षामा विद्यार्थीका लागि सिकाई सामग्री विद्यालयलाई दिने गरिएको छ । उनीहरुलाई पढाउने शिक्षकहरुलाई पनि मन्टेश्वारी विधीमा आधाररीत तालिम समेत दिइने गरेको छ ।

पछिल्लो समाचार

बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम

अघिल्लो समाचार

तीन वटा ऐन स्वीकृतसँगै मेचीनगरको नगरसभा सम्पन्न

Related Posts

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित
box -1

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित

चैत्र २७, २०८२, २:४८ .शुक्रबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner

मेचीनगरमा २४४७ विद्यार्थी मध्ये १७३७ जना कक्षा-९ पढ्न याेग्य

चैत्र २७, २०८२, १०:१९ .शुक्रबार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

फेरि बढ्याे : पेट्रोल २१९, डिजल-मट्टीतेल २०७ र हाफ ग्यास १००५

चैत्र २६, २०८२, ११:४९ .बिहिबार
निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी
banner -1

निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी

चैत्र २६, २०८२, १०:५३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.