मेचीनगर, २० फागुन । बाहुनडाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० क्रीकेट प्रतियोगिता हुने भएको छ ।
आज बाहुनडाँगी युवा क्लबले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएको हो ।
क्लबका सदस्य एवम् क्रीकेट प्रतियोगिताका संयोजक प्रविण भण्डारीले भारतका २ र नेपालका १० वटा टिमसहित १२ वटा टिम सहभागी हुने बताए ।
नकआउट प्रतियोगिताबाट हुने खेलका विजेताले ५० हजार र उपविजेताले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनको भनाई छ ।
प्रतियोगिताको म्यान अफ द शिरिसलाई ३ हजार, म्यान अफ द म्याचलाई १ हजार र अन्य उत्कृष्ट खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता बुधबारदेखि आगामी चैत ४ गतेसम्म हुने छ । उद्घाटन प्रतियोगिताको प्रमुख अतिथि मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले गर्ने भएका छन् ।
२०४० सालमा स्थापना भएको क्लबले समाजमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । प्रतियोगिता गर्नुको मुख्य उदेश्य क्लबलाई एकाडेमी बनाएर लाने क्लबका सदस्य अनिज काफ्लेले बताए ।
यसअघि काँकरभिट्टामा भएको बी डिभिजनको लिग प्रतियोगितामा च्याम्पियन बनेको भण्डारीले बताए ।
Discussion about this post