मेचीनगर, २१ फागुन । आज फागुन २१ गते सुखानीमा झापाका कम्युनिस्ट याेद्वाहरू सहिद भएको दिन ।
आजैका दिन झापाका ५ जना याेद्वाहरूलाई सुखानीमा प्रहरीले गाेली हानेर मारेकाे दिन ।
५ जनामध्ये सहिद याेद्वा वीरेन राजबंशीको स्मृतिमा नेकपा एमाले मेचीनगरले आज ज्यामिरगढीमा सहिद राबंशीलाई सम्झिएका छन् ।
२०२९ फागुन २१ गते तत्कालीन इलामकाे दानाबारीमा झापा विद्राेहका ५ जना याेद्वाहरू वीरेन राजबंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई प्रहरीले गाेली हानेर मारेकाे थियाे ।
आजै सुखानीमा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल लगायत पार्टीका नेताहरूले सहिदहरूप्रति माल्यापणसहित श्रद्धाञ्जली सभा गरेका छन् ।
सहिदहरूप्रति नेताहरूले श्रद्धाञ्जलि सभा आयोजना गरेका थिए ।
मेचीनगर-१५ स्थित सहिद वीरेन राजबंशी स्मृति प्रतिष्ठानमा आयोजित सभाको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला थिए ।
प्रतिष्ठन परिसरमा रहेका सहिद राजबंशीको सालिकमा माल्यार्पण गरेर सुरु भएको सभामा प्रमुख अतिथि कोइरालाले एउटा क्रान्ति पूरा भए पनि सहिदहरूकाे सपना पूरा नभएको बताए ।
उनले भने ´नेपालमा जनताले जनवादी गणतन्त्र पायो । व्यवस्थाप्रति जनता सन्तुष्टि छैनन् । अब दुईवटा क्रान्ति गर्न बाँकी छ । त्याे हाे सामाजिक र आर्थिक क्रान्ति । त्यसैकाे अभियानका लागि सबै एकजुट भएर लाग्नु पर्छ ।`
सभामा पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण बानियाँ, कम्युनिस्ट योद्धा एवम् अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तबय राखेका थिए ।
नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पदमलाल गौतमले स्वागत गरेका थिए । गाैतमले प्रतिष्ठानकाे गतिविधिको चर्चा गरेका थिए ।
सभामा सहिद वीरेन राजबंशीका जेठा छोरा नेत्र र वुहारी विमला राजबंशी, सहिद परिवारका कुमार मेचे, झापा विद्रोहमा १७ वर्ष जेल जीवन बिताएका याेद्वा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियाे ।
सभामा एमाले केन्द्रीय सल्लाहकार परिसद् सदस्यद्वय विष्णु प्रसाई, भीम खवास, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख एवम् एमाले केन्द्रीय सदस्य मीना पाेखरेल उप्रेती, एमाले काेशी प्रदेश कमिटी श्रीप्रसाद मैनाली, देवकुमार राई लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सभामा राजबंशी भाषाको गीतमा राजबंशी समुदायका युवायुवतीहरूले आफ्नो परिहनमा नृत्य प्रस्तुत गरेका थिए ।
सभाकाे सञ्चालन एमाले मेचीनगर-१५ वडा कमिटीका अध्यक्ष चेतन बिष्टले गरेका थिए ।
Discussion about this post