धुलाबारी, २४ फागुन । ´महिलामा लगानी सव्य र समुन्नत समाजकाे थालनी` भन्ने मुल नाराका साथ ११५ औँ अन्तरास्ट्रिय दिवसकाे अवसरमा मेचीनगर लेडी जेसीजले नगरस्तरीय अन्तर महिला समूह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।
धुलाबारी स्थित जेसीजकाे सचिवालयमा शुक्रबार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा मेचीनगर-९ काे नारी कल्याणकारी महिला विकास संस्था प्रथम, मेचीनगर-६ काे महिला जनचेतना केन्द्र दोस्रो र मेचीनगर-१० काे सहज महिला बचत तथा ॠण सहकारी संस्था तेस्रो भएको थियाे ।
प्रतियोगिताकाे निर्णायक मण्डलमा शुभद्रा भट्टराई, मिरा पोखरेल र नमुना निरौला रहेका थिए ।
प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले पुरस्कार वितरण गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, सुभद्रा भट्टराई, समाजसेवी जानुका ओली, मेचीनगर लेडी जेसीजकी पूर्व अध्यक्ष टीका सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरु,आजिवन सदस्यहरु, मानर्थ सदस्यहरू, वर्ष २०२५ का अध्यक्ष सल्लाकारहरु, बोर्डका पदाधिकारी र सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।
मेचीनगर लेडी जेसीज वर्ष २०२५ की अध्यक्ष सविता पाेखरेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे औचित्यमाथि कार्यकारिणी उपाध्यक्ष लक्ष्मी काेइरालाले प्रकाश पारेकी थिइन् ।
स्वागत कार्यकारिणी उपाध्यक्ष सुनिता कोइरालाले र सञ्चालन महासचिव शर्मिला तिम्सिनाले गरेकी थिइन् ।
Discussion about this post