३ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नन्दा कोरिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने (भिडियोसहित)

फाल्गुन २५, २०८१, ११:२९ .आइतवार
0
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ फागुन । आदिवासी जनजाति समुदायको लोप हुँदै गइरहेको रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्ने उदेश्यले मेचीनगरमा दुईदिने ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ ।

नन्दा कोरिडोर प्रर्वद्धन केन्द्र मेचीनगर–१० ले आज पत्रकार सम्मेलन गरेर नगरको मेचे, राजबंशी, धिमाल र दनुवार समुदायको रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्न यही फागुन २७ र २८ गते ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

केन्दका अध्यक्ष धमेन्द्र खड्काले धुलाबारी निन्दा पुलदेखि दक्षिण स्थित पश्चिमको नन्दा कोरिडोरमा आयोजना हुने ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ मा मेचे, राजबंशी, धिमाल र दनुवार समुदायको अर्गानिक खानाका परिकारहरु स्टलमा रहने बताए ।

त्यस्तै स्थानीय शान्ति समाजका महिलाहरुको पनि अर्गानिक खानाका परिकारहरुको स्टल रहने आयोजकको भनाई छ । महोत्सवमा पाँच वटा स्टल रहने छ ।

स्टलका संयोजक निरोज श्रेष्ठले महोत्सवमा राजबंशी समुदायको घुँगी, बेल्का, भाक्का, माछाको झोल, बैगुनको सब्जी लगायतका परिकार रहने बताए । उनका अनुसार दनुवार समुदायको बुंगोको आचार, गंगटा, हान्दी रोटी, नुहागी लगायतका खानाका परिकार बिक्रीका लागि रहने छ ।

त्यस्तै धिमाल जातिको तोल, ग्यान्द्रो, चीचीरी, सुँगुरको मासुको परिकार र मेचे जातिको याङखारे, फेतो, सीताउँ, कुखुराको मासु लगायतका खानाका परिकारको स्टल रहने श्रेष्ठले जानकारी दिए ।

यसैगरी महोत्सवमा स्थानीय शान्ति समाज टोलका महिलाहरुले पनि स्टलमा सेलरोटी, कोदोको सुप, ढेडो, फापरको फुलाउरा लगायतका खानाका परिकार बिक्रीका लागि राख्ने उनको भनाई छ ।

अध्यक्ष खड्काले महोत्सवमा पहिलो दिन मेचे र धिमाल समुदायको रैथाने खानाको परिकार रहने र दोस्रो दिन अर्थात समापनमा दनुवार र राजबंशी समुदायको खानाको परिकार रहने बताए ।

स्टलमा दनुवार, मेचे, राजबंशी र धिमाल जातिका परम्परागत सामग्री र चित्रकला प्रर्दशनीमा राखिने भएको छ । उनीहरुको रैथाने परिकार सम्बन्धी माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत हुने छ । त्यस्तै बिर्तामोडको एउटा कलेजले कला तथा साहित्य सम्बन्धी जानकारी गराउने छ ।

महोत्सव सञ्चालन गर्न करिव ५ लाख खर्च हुने अनुमान आयोजकको छ । यसका लागि मेचीनगर नगरपालिकाले ३ लाख रुपैयाँ र पर्यटन कार्यालय काँकरभिट्टाले ५० हजार सहयोग गर्ने खड्काको भनाई छ ।

उनले अर्को वर्षदेखि हरेक फागुनमा अन्य समुदायको पनि लोप हुन लागेको रैथाने खानाको परिकार राख्ने गरी महोत्सव आयोजना गरिने जानकारी दिए ।

केन्द्रका सहसचिव देबेन्द्र दाहालका अनुसार लागूऔषधको अखडा रहेको नन्दा कोरिडोरमा अहिले त्यस्को संरक्षण गरेर खुल्ला व्यामशाला, हावा घर, जरुर प्रजातिका फुलहरु रोपेर हरियाली बनाइरहेको अवस्था छ ।

आदिवासी जनजातिको थाकथलो रहेको यस ठाउँमा लोप हुँदै गइरहेको रैथाने खानाको परिकारलाई प्रर्वद्धन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको उनको दावी छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले वडा कार्यालय र यहाँका युवाहरुले नन्दा कोरिडोर फोहोर मैलाको डम्पिङ साइड, लागूऔषधको विकराल अवस्था रहेको ठाउँलाई संरक्षण र पर्यटन प्रर्वद्धनमा लागिरहेको बताए ।

स्थानीय मेचे, धिमाल, दनुवार र राजबंशी समुदायको लोप हुन लागेको रैथाने खानालाई पनि प्रर्वद्धन गर्न महोत्सव सफल हुनेमा आशावादी रहेको उनको भनाई छ ।

नन्दा कोरिडोर प्रर्वद्धन केन्द्रका अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव निर्मल दाहालले गरेका थिए ।

भिडियो पनि हेर्नुहोला

पछिल्लो समाचार

मेचीनगर गोल्डकप सुरु : आयोजक सेमिफाइनलमा

अघिल्लो समाचार

बाली बीमाको विकल्प छैन् : नगरप्रमुख बुढाथोकी

Related Posts

पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

वैशाख २९ गतेभित्र एसईईकाे नतिजा आउने

बैशाख १, २०८३, ९:३३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.