मेचीनगर, २९ फागुन । मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकपकाे आज अन्तिम सेमिफाइनलकाे खेल
चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुँदैछ ।
काँकरभिट्टा खेल मैदानमा हुने खेलमा फाइनलका दुवै टोली उच्च मनोबलका साथ खेल्ने भएका छन् ।
आजको खेल जित्दा फाइनल प्रवेशसँगै नगद पाँच लाख समेत सुरक्षित हुने छ ।
चर्च ब्वाइजले यसअघि एनएसएलको तयारीमा रहेको झापा एफसीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको थियो ।
त्यस्तै मच्छिन्द्रले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौंलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलबाट धरान एफसी सुनसरीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल प्रवेश गरिसकेको छ ।
फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।
Discussion about this post