धुलाबारी, २८ फागुन । धुलाबारी स्थित होलिबेल अंग्रेजी माध्यमिक विद्यालयको २४ औँ बार्षिक उत्सव विविध कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
आज धुलाबारीको टाउन हलमा विद्यालयको शैक्षिक तथा विद्यार्थीको अतिरिक्त क्रियाकलापसहित बार्षिक उत्सब सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयबाट गतवर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । साना तथा ठुला कक्षाका विद्यार्थीहरुले एकल तथा सामुहिक नित्य, गायन, झाँकी प्रस्तुत गरेका थिए ।
मेचीनगर–९ का वडाअध्यक्ष कञ्चनकुमार तामाङको प्रमुख अतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सब कार्यक्रममा विशेष अतिथि कवि शिरोमणी माबिका प्रधानाध्यापक दामोदर ढुंगेल, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, बलभद्र आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक देबु बानियाँ, होलिवेल विद्यालयकी संस्थापक अमृता प्रधान, निर्देशक अभिषेक प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२०५७ सालमा स्थापना भएको होलिबेल अंग्रेजी मावि र विद्यार्थीको बारेमा कक्षा ८ मा अध्ययनरत अनन्य मल्लले प्रस्तुति दिएकी थिइन् ।
विद्यालयको शैक्षिक, भौतिक र आन्तरिक गतिविधिका बारेमा विधालयका प्रिन्सिपल अरिस्ता प्रधानले औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा विद्यालयका संस्थापक स्वर्गीय अरुण प्रधानको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।
होलिबेल अंग्रेजी मावि व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन चन्द्रमाया सिटौलाले गरेकी थिइन् ।
Discussion about this post