४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जनताको प्रश्नलाई सुझावको रुपमा लिन्छौँ : नगरप्रमुख बुढाथोकी

फाल्गुन २८, २०८१, १:४३ .बुधबार
0
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ फागुन । नगरवासीहरुबाट आएका प्रश्नलाई सुझावका रुपमा लिँदै पहिलो चरणको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

आज नगरपालिकाको सभाहलमा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पन्ध्र जना नगरवासीहरुले राखेका प्रश्नहरुलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती र १० नं. वडाका वडाध्यक्ष नारायण खनालले सुझावको रुपमा ग्रहण गर्दै जवाफ दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा मेची उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेल, मेचीनगर–६ का नरेन्द्रप्रकाश सिटौला, मेचीनगर–७ का हरिप्रसाद संग्रौला, मेचीनगर–९ की सरस्वती सिटौला, मेचीनगर–१५ का देवेनलाल मेचे, मेचीनगर–१० का प्रेमप्रकाश फलाहारी, मेचीनगर–१० का उदय बराइली, मेचीनगर–७ का अमरबहादुर परियार, मेचीनगर–१२ का कालु मेचे, मेचीनगर–६ की सीता पोखरेल, सञ्चारकर्मी नवराज सुवेदी, मेचीनगर–९ की जानुका ओली, मेचीनगर–९ की सविता पोखरेल, मेचीनगर–१४ की पूर्व जनप्रतिनिधि विन्दा प्रसाई, मेचीनगर–९ की पुष्पा भण्डारीले नगरको विभिन्न विषयमा प्रश्न गरेका थिए ।

उनीहरुले धुलाबारी सडक निर्माणको अवस्था, सरसफाइ कर, ठेलाभ्यानमा गुणस्तरहीन खानेकुरा, मेलमिलापका विषय, कोशेली घरको कुरा, छाडा कुकुरको विगविगी, ज्यामिरगढीको झोलेङ्गे पुलको अवस्था, त्रिफला पुस्तकालयलाई सहयोग आवश्यक, सामुदायिक सिकाई केन्द्रलाई बजेट अभाव, गोकुल मार्गको अधुरो सडक, भेटघाट चौतारी बनाउन माग, सुकुमबासीलाई धनिपूर्जा वितरण, धाइजन मोडदेखिको माथ्लो सडक भत्किएको अवस्था, बजारका अलपत्र तारहरु, प्रत्येक वडामा तालिम केन्द्र, पटके कर, भारतीय गाडीको डवल दस्तुर, नगरका भवनहरु, कार्यान्वयन हुन नसकेका बजेटका योजनाहरु, नारी सीप विकास केन्द्रको भवन, सामुदायिक वनलाई हेर्ने दृष्टिकोण, न्यायिक समितिले न्याय दिएको महसुस गराउनुपर्ने, पुष्पलाल मार्ग कालोपत्रे हुनपर्ने, नागरडुब्बा खोलाको पुलको जीर्ण अवस्था, किसान, व्यापारीको तथ्याङ्क लगायतका विषयमा प्रश्न, गुनासा र मागहरु राखेका थिए ।

कार्यक्रममा नगरप्रमुख बुढाथोकीले नागरिकको प्रश्नलाई सुझावको रुपमा लिएर सच्याएर अघि बढ्ने बताए । उनका अनुसार हरेक क्षेत्रमा कानुनी झन्झटका कारण समस्याहरु रहेका छन् ।

‘जनताका अपेक्षाहरु असीमित छन्, उनले भने–‘जनतालाई घात गर्ने काम चाहिँ मबाट हुँदैन । नगरको विकास एकैचोटी हुँदैन । विस्तारै काम गर्दै जाने छौँ । कामहरु नभएका होइनन् । धेरै काम भएका छन् । भौतिक पूर्वाधारका मागहरु धेरै छन् । त्यसलाई हल गर्दै जान्छौ । मेचीनगरको १२ किलोमिटर सडकले भद्रपुरको सदरमुकाम छुदैछ । अझै ७५० किलोमिटरभित्र सडक र ४ वटा जति पुल बनाउन बाँकी छ ।’

उनले प्राथमिकताका आधारमा योजना बैँक बनाएर काम गर्ने र चुनावमा सस्तो लोकप्रियताका लागि यो गर्छु, त्यो गर्छु नभनेको बताए । सुशासन दिने भनेर गरेको बाचा पूरा गर्न प्रयास गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नागरिकहरुले उठाएका प्रश्नहरु सान्दर्भिक रहेको बताउँदै समाधानका लागि नगरपालिकाको तर्फबाट प्रतिवद्धता व्यक्त गरिन् ।

उनले भनिन्– ‘जनप्रतिनिधिहरु पनि कानुनको दायराभित्र बसेर काम गर्नु पर्छ । अधुरा कामहरु धेरै छन् । त्यो पूरा गर्दै जानु छ । महिला सीप विकास केन्द्रको भवन निर्माण भइसकेको छ । कर्मचारीहरु बस्न थालेका छन् । केन्द्रमा कोशेली घर स्थापना गर्ने, तालिमको व्यवस्था गर्ने र भवनको चाँडै उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।’

उनका अनुसार वडा नं. १५ को वडा कार्यालयको भवन र युवा स्वरोजगार भवन अलग अलग काम गर्ने गरी बनाएको हो । वडा नंं ८ को मेलमिलाप समितिको विवाद टुंग्याउने क्रममा २ जना सदस्यको राजीनामा स्वीकृत भइसकेको र अरु सदस्यको निलम्बन फुकुवा गरिएको उनले बताइन् ।

‘न्याय निरुपण गर्दा दुवै पक्षलाई न्याय दिन सकिदैन’, उप्रेतीले भनिन्– ‘पीडित पक्षलाई न्याय दिनैपर्छ । चित्त नबुझे अदालत जाने बाटो पनि खुल्ला छ ।’

यसैगरी कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष खनालले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका अव्यवस्थित घर टहरा हटाउने कार्य भइरहेको बताए । खाली गरिएका संरचनामा व्यायामशाला, ज्येष्ठ नागरिकका लागि चौतारो, बालबालिकाको उद्यान, लागूऔषधको अखडा रहेका ठाउँहरु खाली गराउने, फोहोरमैला मुक्त गर्ने लगायतका काम गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जनताप्रति उत्तरदायी बन्न यस्तो सार्वजनिक सुनुवाई प्रभावकारी हुने बताए । सेवा प्रवाहका क्षेत्रमा २२ वटा अधिकारका सूची रहेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को २ अर्व १५ करोड बजेटमा जम्मा चालू खर्च ३० प्रतिशत र आन्तरिक राजश्व ५७ प्रतिशतले संकलन भएको छ । नगरवासीले योजना मोनिटरिङ प्रणालीबाट सबै कामको प्रगति विवरण हेर्न सकिने उनको भनाई छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना मेचीनगर नगरपालिकाले र त्यसको सहजकर्ताको रुपमा काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिले गरेको थियो ।

वडा कार्यालय तथा नगरपालिका कार्यालय परिसरमा नागरिकसँग गरेको सर्भेक्षणको नतिजा सहजकर्ता अम्बिका भण्डारीले प्रस्तुत गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले उठाउने प्रश्नहरुको आंचारसहिताका विषयमा सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले सहभागीहरुको ध्यानाकर्षण गराएका थिए ।

पछिल्लो समाचार

मेचीनगर गोल्डकप : आयोजक फाइनलमा

अघिल्लो समाचार

होलिबेल माविको बार्षिकोत्सव

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.