२७ कार्तिक २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भोलि चर्च ब्वाइज र मच्छिन्द्र

मेचीनगर गोल्डकप : आयोजक फाइनलमा

फाल्गुन २८, २०८१, १२:५४ .बुधबार
0
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काँकरभट्टिा, २८ फागुन । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधिका लागि काँकरभिट्टाले बिहीवार हुने अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवश चौधरीले बचाए ।

टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।

धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको प्रहार गोल हुँदा सुगम जिमीको प्रहार बाहिरिएको थियो ।
निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो ।

यस अघि खेलको ३४ औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट सिङ्गल खेल्दै लगेर पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भयो ।

खेलको ७२ औँ मिनेटमा आयोजक काँकरभिट्टाले खेल बराबरी गरेको थियो । विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई पेनाल्टी एरियामा पाएको हेड बललाई हेमन्त लिम्बूले सहजै जाली चुमाएका थिए ।

खेलको ७ औँ मिनेटमा आयोजकका विदेशी खेलाडी इब्राइमको क्रस पासमा अर्का विदेशी खेलाडी एलेक्स गोल गर्नबाट चुके । सबै खेलाडी बिट भएको अवस्थामा पाएको मौकामा उनी चुके ।

३२ औँ मिनेटमा धरानका गोलरक्षक अगाडि बढेको समयमा इब्राहिमले गरेका भलि प्रहार फ्रेममा पर्न सकेन । ४८ औँ मिनेटमा आयोजकका अभिषेक गुरुङले गरेको प्रहार धरानका गोलरक्षक प्रविन लिम्बूले पञ्च गर्दै क्लियर गराए ।

खेलको २९ औँ मिनेटमा धरानका मिलन राईको हेडर गोलरक्षक विवस चौधरीले वान हेण्ड सेफ गरे । खेलको ८८ औँ मिनेटमा धरानले अग्रता लिने अवसरबाट चुक्यो । धरानका सुरज रसाइली र विवेक राईको प्रहार बारमा लागेर फर्कियो ।

खेलको प्लेयर अफ द म्याच गोलरक्षक विवस चौधरी भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् ।

खेलपछि काँकरभट्टिाका प्रशिक्षक मुन्ना सुब्बाले प्रतिपक्षी टिम होमसेट हुँदाहुँदै पनि जित निकाल्न सफल भएको बताए । उनले हाम्रो टिममा तालमेल मिल्न नसक्दा स्कोर बढाउन नसकेको स्वीकार गरे ।

यता धरानका प्रशिक्षक हेमकुमार गुरुङले खेलाडीले राम्रो खेल्दा खेल्दै पनि नजिता आफ्नो हातमा नपर्नु दुर्भाग्य भएको बताए । उनले निरन्तरको खेल तालिकाले खेलाडी थाकेका कारण पनि सोचे अनुरुप नतिजा ल्याउन नसकेको बताए ।

पछिल्लो समाचार

काँकरभिट्टा क्याम्पस : अध्यक्षमा तीन ‘स’ को लडाई

अघिल्लो समाचार

जनताको प्रश्नलाई सुझावको रुपमा लिन्छौँ : नगरप्रमुख बुढाथोकी

Related Posts

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार
झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी
banner -2

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

कार्तिक २३, २०८२, १२:४३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.