४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर गोल्डकप

चर्च ब्वाइजको जादुमय फाइनल यात्रा

फाल्गुन २९, २०८१, ६:२३ .बिहिबार
0
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २९ फागुन । लिगलिडर चर्च ब्वाइज युनाइटेडले तीन शुन्यको अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो ।

चर्च ब्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे ।

त्यसको एक मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्काे गोल थपे । मैदानको मध्य भागबाट अगाडि बडाएको बललाई उनले सुन्दर गोल गरे पनि मच्छिन्द्रको जितका लागि यो गोल प्रयाप्त बन्न सकेन ।

खेलको पहिलो हाफ सम्म शुन्यको नतिजा रहेको चर्च व्वाइजका लागि खेलको ६१ औँ मिनेट विदेशी खेलाडी अबयोमी फकुन्लेले पहिलो गोल फर्काए । मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे ।

खेलको ६९ औँ मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गरे । मच्छिन्द्रका डिफेन्सको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ७८ औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३–३ को बराबरी गरे । विदेशी खेलाडी फकुन्लेको क्रस पासमा मच्छिन्द्रका दुई जना डिफेन्डरलाई विट गर्दै गोल गरेका थिए । खेलको ८७ औँ मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरे । मच्छिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने आफ्नो टिमलाई फाइनलको यात्रा समेत तय गराए ।

खेलको १५ औँ मिनेटमा चर्च व्वाइजका जय गुरुङको क्रस पासमा विदेशी खेलाडी रिचार्ड विल्सनको हेडर मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए । खेलको ५२ औँ मिनेटमा समिर तामाङको प्रहारलाई गोलरक्षकले बचाए ।

खेलको ९ औँ मिनेटमा मच्छिन्द्रका युसुफ मलिकले फस्टबारमा प्रहार गरेको बल गोलरक्षकले बचाउँदै कर्नर बनाए । खेलको २० औँ मिनेटमा १८ यार्डबाट पाएको फ्रिकिकमा मोहित गुरुङको प्रहारले जाली चुम्न सकेन । खेलको ७२ औँ मिनेटमा विदेशी खेलाडी एन्द्रेस नियाको प्रहार गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।

खेलको प्लेयर अफ द म्याच ह्याट्रिक गरेका खेलाडी अबयोमी फकुन्ले भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् ।

खेलपछि चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो फुटबलको २५ वर्षको करियरमा यस्तो किसिमको पहिलो कमव्याक खेल भएको बताए । उनले आफ्ना खेलाडी निरन्तरको खेलले थकित भएको र दोस्रो हाफपछि रणनीति परिवर्तन गरेकाले छिट्टै कमब्याक भएर जित निकाल्न सकिएको बताए ।

मच्छिन्द्रका प्रशिक्षक पहिलो हाफ राम्रो भएको तर दोस्रो हाफमा आफु सम्हालिन नसक्दा हार बेहोर्नु परेका बताए । उनले खेलाडी थाकेकाले पनि दोस्रो हाफमा भने जस्तो खेल्न नसकेको बताए ।

शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् ।

उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

उत्कृष्ट खेलाडीहरुलाई आजका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री उद्वव थापाले पुरस्कार वितरण गरेका थिए ।

पछिल्लो समाचार

आज चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

अघिल्लो समाचार

मौरीपालक कृषकलाई व्यवसायिक बन्न उपप्रमुख उप्रेतीको आग्रह

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.