८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वन डढेलो रोकथामका लागि सचेतना

चैत्र ३, २०८१, ३:१८ .आइतवार
0
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

चारआली, ३ चैत । झापामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको छ ।

डिभिजन वन कार्यालय झापाको आयोजना तथा सव डिभिजन वन कार्यालय धाइजनको समन्वयमा आजदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो ।

‘डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ,’ वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता नारा लेखिएका प्लेकार्डसहित मेचीनगर–१३ स्थित चारआलीमा रहेको प्रगति सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रबाट सुरु गरिएको सचेतना ¥यालीले चारआली बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो ।

वन डढेलो नियन्त्रण अभियान सुरु गरिएको मेची सव डिभिजन वन कार्यालयका वन अधिकृत सुरज निरौलाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल तथा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले संयुक्त रुपमा अभियानको उद्घाटन गरेका थिए ।

सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको सव डिभिजन वन कार्यालय धाइजनमा कार्यरत साहयक वन अधिकृत डिल्लीराम खरेलले बताए ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनिकरण गर्न यही चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ सञ्चालन गरिने उनले बताए ।

उनका अनुसार चैत ४ गते वन डढेलो नियन्त्रण तथा व्यवस्थापन तालिम बुद्धशान्तिको आर्दश सामुदायिक वनमा चैत ५ गते कनकाई सव डिभिजन कार्यालय र जलथल सव डिभिजनमा समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, चैत ६ र ७ गते ज्वलनशिल पदार्थ व्यवस्थापन तथा प्रागंरिक मल तयारी तालिम लगायतका कार्यक्रम तय गरिएको छ ।

समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रियासहित विविध कार्यक्रम गर्दै सप्ताहव्यापी कार्यक्रम अगाडि बढाउने बताइएको छ ।

वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह समेत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि ढकाल, मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, सामुदायिक वन मेचीनगर महासंघकी अध्यक्ष जानुका ओली लगायतले वन डढेलोबाट जोगाउन सबैले सतर्कता अपनाउन आवश्यक रहेकोमा जोड दिए ।

साहयक वन अधिकृत डिल्लीराम खरेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत सव डिभिजन वन कार्यालय धाइजनका प्रमुख सुरज निरौलाले गरेका थिए ।

 

पछिल्लो समाचार

साढे ३ करोडमा नदीजन्य पदार्थ उत्खननको ठेक्का

अघिल्लो समाचार

पत्रकार काजीलाई ‘उपभोक्ता सचेतना पुरस्कार’

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.