२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

साढे ३ करोडमा नदीजन्य पदार्थ उत्खननको ठेक्का

चैत्र ३, २०८१, १०:२८ .आइतवार
0
0
0
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ चैत । मेचीनगरको नदीजन्य पदार्थ उत्खनन्का लागि यसपटक दुईवटा प्याकेजको रुपमा ठेक्का लागेको छ ।

मेची, हडिया, टिमाई र निन्दा खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई दुईवटा प्याकेजको रुपमा विभाजन गरी ठेक्का लगाइएको हो ।

मेचीनगर नगरपालिका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीका अनुसार मेची, हडिया, टिमाई र निन्दा खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई प्याकेज १ का रुपमा ठेक्का लगाइएको छ ।

त्यस्तै मेची र निन्दा खोलाबाट उत्खनन् गरिने ढुंगा, गिटी र बालुवालाई प्याकेज २ का रुपमा ठेक्का लगाइएको उनको भनाई छ ।

प्याकेज १ का रुपमा मेची, हडिया, टिमाई र निन्दा खोलाबाट उत्खनन् गर्न द पूर्वाञ्चल निर्माण सेवा कम्पनीलाई १ करोड ७१ लाख ९९ हजार ९९९ रुपैयाँमा ठेक्का दिइएको पराजुलीले जानकारी दिए ।

यसैगरी प्याकेज २ का रुपमा मेची र निन्दा खोलाबाट उत्खनन् गर्न कालिका जेभि प्रालिलाई १ करोड ७७ लाख ९८ हजार ७६० रुपैयाँमा ठेक्का दिइएको उनले बताए ।

यसपटक दुईवटा प्याकेजको जम्मा ३ करोड ४९ लाख ९८ हजार ७५९ रुपैयाँमा रुपमा मेचीनगरको ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न जिम्मा दिइएको छ ।

उनका अनुसार यही फागुन ५ गतेदेखि आगामी जेठ मसान्त वा तोकिएको परीमाण समाप्त भएपछि जुन पहिला हुन्छ त्यहि लागू गर्ने गरि सहमति भएको छ ।

कार्यालयका अनुसार टिमाई खोलाबाट एकलाख ७४ हजार ६२८ दशमलव ९ घनमिटर, हडिया खोलाबाट दुईलाख ८२ हजार ८३२ दशमलव २५ घनमिटर, निन्दा खोलाबाट आठ लाख ४१ हजार १४४ दशमलव ९५ घनमिटर र मेची खोलाबाट बाह्लाख ५० हजार ९६२ दशमलव ८६ घनमिटर उत्खनन् गरिने छ ।

सबै क्षेत्रहरुमा उत्खनन् गर्दा प्रतिवेदनमा दिएको लम्बाई, चौडाई र गहिराई भन्दा बाहेक फरक नपर्ने गरी ठुला तथा साना उपकरण प्रयोग गरेर कार्यअघि बढाउने कम्पनीसँग सम्झौता रहेको छ ।

कार्यालयको अध्ययन टोलीको स्थलगत अध्ययन, अवलोकन र अघिल्लो वर्षको प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनलाई आधारमानी गरिएको र विभिन्न नदीजन्य पदार्थको दर निर्धारणका लागि कोशी प्रदेश आर्थिक ऐन २०८१÷०८२ अन्तरगत संकलन दर लागू गरिएको छ ।

गतवर्ष २ करोड ७३ लाखमा ठेक्का

गतवर्ष मेचीनगरको ढुंगा, गिटी र बालुवा उत्खनन्का लागि स–साना ठेक्का लगाएर राजश्व संकलन गरिएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।

उनले मेची, हडिया, टिमाई र निन्दा खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन् गर्दा २ करोड ७२ लाख ९८ हजार २३८ रुपैयाँ राजश्व संकलन भएको बताए । त्यसबेला एकलाख ५ हजार ७७५ घनमिटर ढुंगा, गिटी र बालुवा उत्खनन् गरिएको कार्कीको भनाई छ ।

पछिल्लो समाचार

चिया बगानका मजदुरहरुलाई क्षमता अभिवृद्धि

अघिल्लो समाचार

वन डढेलो रोकथामका लागि सचेतना

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.