१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चिया बगानका मजदुरहरुलाई क्षमता अभिवृद्धि

चैत्र २, २०८१, २:३४ .शनिबार
0
0
0
SHARES
309
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ चैत । किसान आदिवासी उत्थान समिति मेचीनगर–९ ले चिया बगानमा कार्यरत आदिवासीहरूको क्षमता अभिवृद्धि गर्न आज र भोलि संगोष्ठी कार्यक्रम आयोजना गरेको छ ।

समितिले आज मेचीनगर–८ स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा चिया बगानमा कार्यरत आदिवासीहरूको क्षमता अभिवृद्धि गर्न दुईदिने संगोष्ठी कार्यक्रम आयोजना गरेको हो ।

संगोष्ठीको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मादल बजाएर उद्घाटन गरेका थिए । नगरप्रमुख बुढाथोकीले आफ्नो संस्कृति र पहिचान जोगाउन गलत खानपानको जीवनशैली परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

‘हजुरबुबादेखि नातिसम्म चिया बगानमा नै वित्छ’, बुढाथोकीले भने–‘चेतना अभिवृद्वि गर्नु पर्छ । सादरी भाषामा पर्ने सबै जातिहरु एक भएर कार्यक्रम लिएर आए त्यसका लागि नगरपालिकाले सहयोग गर्नेछ ।’

यहाँका किसान जातिहरु पहिला काँकरभिट्टा र धुलाबारीमा जग्गा नाप्नु पर्यो भने साङ्ला र भाटाले जग्गा नाप्ने गरेको इतिहास रहेको उनको भनाई छ । ती समुदायले गिट्टा, भ्याकुर र खरायो खोजेर जीवीका चलाउने गरेका थिए ।

कार्यक्रममा चिया कफी श्रमिक युनियन नेपालका अध्यक्ष सन्तकुमार राई, महासचिव विक्रम गिरी, युनियनका टोक्ला ईकाई संघका अध्यक्ष डम्बर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संगोष्ठीमा मुण्डा, खडिया, उराउ, किसान, ग्वाल, कँवर, करुवा, सन्थाल, मालपाढे र रौँटीया लगायत जातिका ८० जना सहभागीलाई एशियाली आदिवासीहरुको एक्यबद्वता कोषका सदस्य वेचन उराउ र किरण बरामले प्रशिक्षण दिएका थिए । बराम नेपाल मानवअधिकार आयोगका शाखा अधिकृत समेत हुन् ।

सहभागीलाई आईएलओ १६९, राज्यले श्रमिकको उपचार, बीमा, विषादीको प्रयोग, उपकरण, न्युनतम ज्याला, नियुक्ति लगायतका विषयमा प्रशिक्षकद्वय उराउ र बरामले ध्यानाकर्षण गराएको किसान आदिवासी उत्थान समितिका उपाध्यक्ष भीम किसानले जानकारी दिए ।

संगोष्ठीको दोस्रो दिन सहभागीलाई फिल्डमा नै अध्ययन तथा अवलोकन गरिने उनले बताए । यही चैत १५ गते नगरपालिकाको सहयोगमा किसानको मौलिक संस्कृति तथा सर्वद्धनका लागि सचेतना कार्यक्रम गरिने उनले जानकारी दिए ।

किसान आदिवासी उत्थान समितिका अध्यक्ष चन्द्रकुमार किसानको अध्यक्षतामा सम्पन्न पहिलो दिनको संगोष्ठीको औचित्यमाथि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ड)का कोशी प्रदेश सदस्य सीता राईको प्रकाश पारेकी थिइन् ।

संगोष्ठी कार्यक्रमको सञ्चालन किसान आदिवासी उत्थान समितिकी सदस्य सरिता किसानले गरेकी थिइन् ।

पछिल्लो समाचार

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

अघिल्लो समाचार

साढे ३ करोडमा नदीजन्य पदार्थ उत्खननको ठेक्का

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.