८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

चैत्र २, २०८१, २:०३ .शनिबार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २ चैत । लिगलिडर चर्च ब्वाइज युनाइटेड काठमाडौँ पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

जितसँगै चर्च ब्वाइजले झापा कप पछि उपाधिको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधि हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ मा चित्त बुझायो ।

जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले उत्कृष्ट त्यसको फाइदा लिँदै गोल गरेका थिए । उनको त्यहि गोल प्रतियोगिताको उपाधी दिलाउन निर्णायक बन्यो ।

आजको खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका समिर तामाङ भए । उनले नगद ११ हजार प्राप्त गरे । प्रतियोगिताभरको प्लेयर अफ द म्याचको पुरस्कार श्याम प्रसाइ (एसपी) ले प्रदान गरेका थिए ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोल कर्ता चर्च व्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनहरुले जनही नगद २५ हजार र ट्रफ्री प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक चर्च व्वाइजका सुमन श्रेष्ठ भए ।

उनले नगद २१ हजार पाए । प्रतियोगिताको गोलरक्षक चर्च व्वाइजकै टिकेन्द्र थापा भए । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ भए । उनले नगद २१ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए । उनले नगद १५ हजार प्राप्त गरे ।

प्रतियोगितामा आयोजक काँकरभिट्टाफुटबल ट्रेनिङ सेन्टर, चर्च व्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपीएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको व्ल्याक बुल्स सहभागी रहेका थिए ।
प्रतियोगिता यही फागुन २४ गतेदेखि सुरु भएको थियो ।

पूर्व खेलाडीहरु सम्मानित

सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगिता राउत, लुना प्रधान, लिला थापा रहेका छन् । उनीहरुलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो ।

मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्व तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सांसद गोपाल तामाङ, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, पूर्व अध्यक्ष विनोद बस्नेत, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायत विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मुल आयोजक समितिका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

शनिबार उपाधिका लागि आयोजक र चर्च ब्वाइज भिड्दै

अघिल्लो समाचार

चिया बगानका मजदुरहरुलाई क्षमता अभिवृद्धि

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.