९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

बाहुनडाँगी च्यालेञ्ज कप : रेडहर्ष इलामको विजय सुरुवात

बैशाख १४, २०८२, ३:५४ .आइतवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ बैशाख । विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ ।

बाहुनडाँगी युवा क्लबको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगितामा कञ्चनजंघा एफसी सिलिगुडीलाई १ का विरुद्ध ३ गोलले हराउँदै रेडहर्ष इलाम सेमिफाइनल प्रवेश गरेको हो ।

मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा कञ्चनजंघा एफसी सिलिगुडीले सुरुवाती अग्रता बनाएको थियो ।

खेल सुरु भएको १ मिनेट बित्न नपाउँदै प्रनिश प्रधानले पहिलो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । तर, खेलको चौथो मिनेटमा रेडहर्ष एफसी इलामले पेनाल्टीमार्फत बराबरी गोल गर्दै खेलमा फर्किएको थियो ।

कञ्चनजंघाका डिफेन्स राम राईको डिबक्सभित्र ह्याण्ड बल भएपछि पाएको पेनाल्टीलाई रेडहर्षको कप्तान विवेक सुनामले गोलमा परिणत गरेका थिए ।

त्यसैगरी, रेडहर्ष इलामका साङ्गे शेर्पाले २ गोल गरे । उनले खेलको ३८ औँ मिनेट तथा पहिलो हाफको इञ्जुरी समयमा गोल गरेका थिए । ३८ औँ मिनेटमा रेडहर्ष इलामका खेलाडीलाई कञ्चनजंघाका खेलाडीले फल गरेपछि फ्रिकिक पाएको थियो ।

रेडहर्षका मदन जबेगुले गरेको प्रहारलाई गोलरक्षक प्रज्वल शर्माले रोकेपनि रिबाउन्ड भएको बललाई साङ्गे शेर्पाले जाली चुमाएका थिए । शेर्पाले इञ्जुरी समयमा टिमका लागि व्यक्तिगत दोश्रो गोल गर्दै खेलको स्थिति ३–१ बनाए ।

दोश्रो हाफमा आक्रामक बनेको सिलिगुडीले केही राम्रो मुभ बनाएको थियो । मुभ बनाए पनि स्कोर गर्न नसक्दा कञ्चनजंघाले हार व्यहोर्नु परेको थियो । ४७ औँ मिनेटमा कञ्चनजंघाका प्रनिश प्रधानको प्रहार बाहिरिएको थियो ।

५१ औँ मिनेटमा पनि कञ्चनजंघा एफसीका प्रनिश प्रधानले गोल गर्ने सुनौलो मौका गुमाएका थिए । उनले वान भर्सेस वान गरेको प्रहार रेडहर्ष एफसीका गोलरक्षक निशम दनुवारले उत्कृष्ट बचाउ गरेका थिए ।

गोल बचाउने क्रममा घाइते भएपछि दनुवारको स्थानमा रेडहर्ष इलामले दोश्रो रोजाईको गोलरक्षक मैदान प्रवेश गराएको थियो । खेलको प्लेयर अफ द म्याच साङ्गे शेर्पा घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।

प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर–४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुनडाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर–१० का वडा अध्यक्ष नारायण खनाल, विद्या विकास एकेडेमीका निर्देशक बद्री निरौला, मेचीनगर–४ का पूर्व वडा अध्यक्ष नविन बराल, वडा सदस्य पवन बराईली, नुरबहादुर कार्की, पूर्व अध्यक्ष पोषककुमार दर्जी, पूर्व अध्यक्ष विक्रम थापा, संस्थापक उपाध्यक्षः राजेशकुमार बुढाथोकी, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, बाहुनडाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चौलागाई लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

संस्थाका अध्यक्ष जीवनकुमार मोतेको सभापतित्व रहेको कार्यक्रमको स्वागत खेल संयोजक तथा संस्थाका उपाध्यक्ष राजेश थापा र सञ्चालन सचिव निरज राईले गरेका थिए ।

पछिल्लो समाचार

आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटना

अघिल्लो समाचार

शहिद वीरेन प्रतिष्ठानको अध्यक्षमा पुनः गौतम

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.