
मेचीनगर, १४ वैशाख । शहिद वीरेन स्मृति प्रतिष्ठानको अध्यक्ष पदमा पदम गौतम सर्वसम्मत चयन भएका छन् ।
मेचीनगर–१५ ज्यामिरगढी स्थित प्रतिष्ठानको शनिवार १३ औं साधारणसभाले गौतमलाई आगामी ३ वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चेतबहादुर राउत, सचिवमा चेतन बिष्ट, सहसचिवमा हेमकुमार राई र कोषाध्यक्षमा आरती राजबंशी तथा सदस्यहरुमा विमला राजबंशी, राजु राजबंशी, जोगेन राजब.शी, रामचन्द्र गौतम र सुनिता राजबंशी रहेका छन् ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा साधारणसभा भएको थियो । नवनिर्वाचित कार्य समितिका तर्फबाट अध्यक्ष गौतमले प्रतिष्ठानको अक्षयकोष वृद्धि गर्ने लगायतका प्रतिवद्धताहरु व्यक्त गरेका थिए ।
प्रतिष्ठानको साधारणसभा उद्घाटन कार्यक्रममा शिक्षा, पत्रकारिता र आदिवासी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मेचीनगरका तीन प्रतिभालाई सम्मान गरिएको थियो ।
शिक्षासेवी भीम खवास, पत्रकार मोहन काजी र आदिबासी क्षेत्रका अगुवा चुण्डा हस्दालाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानले मेचीनगर–१४ दुहागढी स्थित बालसुबोधिनी माध्यमिक विद्यालयलाई नगरको उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ । विद्यालयका प्रधानाध्यापक विश्व थापाले कार्यक्रममा सम्मान ग्रहण गरेका थिए ।




Discussion about this post