८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगरलाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण

बैशाख १६, २०८२, ११:३७ .मङ्लबार
0
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १६ बैशाख । मेचीनगर आधारभूत अस्पताल परिसरमा रहेको सामुदायिक बहुउद्देश्यीय भवनको स्वामित्व नगरपालिकाले लिएको छ ।

आज खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तरगतको आयोजना व्यवस्थापन कार्यालयले मेचीनगर नगरपालिकालाई उक्त भवनको स्वामित्व हस्तान्तरण गरेको हो ।

आयोजना व्यवस्थापन कार्यालयका वरिष्ठ ईन्जिनियर किशोर पन्थी र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले स्वामित्व पत्र एक अर्कामा हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख बुढाथोकी, ईन्जिनियर पन्थी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

१६ वेडको भवन २०७९ चैत १० गते निर्माण सुरु गरेर २०८१ पुस १४ गते सम्पन्न भएको थियो । भवन हस्तान्तरण हुन मात्र बाँकी रहेको थियो । भवन, अक्सिजन सिलिण्डर र वेडसहित दुई करोड ४२ लाख ५३ हजार ३०५ रुपैयाँ खर्च भएको आयाजनाले जनाएको छ ।

नवनिर्मित भवनमा महिला र पुरुष अपाङ्ग मैत्री शौचालय, १६ वेड क्षमताको २ वटा ठुला कोठा, प्रशासनिक, नसिङ, स्टोर, १६ वटा अक्सिजन सिलिण्डर रहेको छ ।

स्वास्थ्य शाखा प्रमुख सापकोटाले आजबाट उक्त भवनको स्वामित्व नगरपालिकाले लिएको बताइन् । उक्त भवन एडीवीको सहयोग निर्माण भएको थियो ।

उनका अनुसार भवनमा भिडियो एक्सरे मेसिन, थाइराइड, वेडहरु, अक्सिजन सिलिण्डर लगायतका सामग्री जडान गर्ने काम भइरहेको छ । सेवाग्राहीको सुविधाका लागि आगामी जेठको पहिलो हप्तादेखि नयाँ भवनबाट पनि थप सेवा विस्तार गरिने उनको भनाई छ ।

नगर अस्पतालमा विशेषज्ञ सेवाहरुमा प्रत्येक मंगलबार स्त्री रोग तथा प्रसुती सेवा, विहीबार बालरोग तथा नाक, कान र घाँटीको सेवा, शुक्रबार जनरल फिजिसियन सेवा, दैनिक विहान ६ वजेदेखि ओपिडी सेवा, ईसीजी, युएसजी सेवा, बीमा तथा अन्य निःशुल्क सेवाहरु विशेषज्ञ र एमवीवीएस डाक्टरहरुबाट दिँदै आएको छ ।

नगर अस्पतालमा रेविज र मधुमेहका विरामीहरुको इन्सुलिन अभाव रहेको नगरबासीको गुनासो आएपछि नगरप्रमुख गापालचन्द्र बुढाथोकीको पहलमा काठमाडौँबाट उक्त सामग्रीहरु अस्पतालमा ल्याइपुर्याएको सापकोटाले जानकारी दिइन् ।

पछिल्लो समाचार

बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा

अघिल्लो समाचार

काँकरभिट्टा साकोसको स्वास्थ्य शिविरमा ३०३ जना लाभान्वित

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.