२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

अभिभावकले भने–‘अटिजम भएका बच्चा पढाउने स्कुल चाहिँयो’

बैशाख १६, २०८२, ३:०८ .मङ्लबार
0
0
0
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ बैशाख । अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुले मेचीनगरमा विद्यालय खोल्न माग गरेका छन् ।

नगरपालिकाको महिला विकास शाखाले आज र भोलिका लागि आयोजना गरेको अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुलाई दिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

अटिजम भएका बालकका अभिभावक मन्दिरा शिवाकोटीले मेचीनगरमा अटिजम भएका बालबालिका पढाउने विद्यालय नभएकाले बिर्तामोड लानु परेकाले धेरै समस्या भएको बताइन् ।

‘अटिजम भएका बालकलाई समाल्नै गाहे पर्छ’, शिवाकोटीले भनिन्–‘मेचीनगरमा नै भइदिए सबैलाई सहज हुने थियो । बच्चालाई टाडा लगेपछि समय र खर्च उत्तिनै हुन्छ ।’

अभिमुखिकरण कार्यक्रममा आएका अधिकांश अभिभावकहरुले अटिजम भएका बालबालिकाका समस्या राखेका थिए । कार्यक्रमको अध्यक्षता गरेकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अभिभावकहरुको माग सम्बोधन गर्ने प्रयास गरिने बताइन् । यस विषयमा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा बजेट माग गरिएको उनको भनाई छ ।

कार्यक्रममा उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सामाजिक विकास शाखा प्रमुख सम्भु पौडेल लगायतले अटिजम हुनुको कारण, यसका समस्या र समाधानका उपायका बारेमा चर्चा गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा सहभागी ६० जना अभिभावकहरुलाई विराटनगर स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरकी सञ्चालक संगीता न्यौपानेले प्रशिक्षण दिइरहेकी छन् ।

मेचीनगरमा अपाङ्गता भएका १५९३ जना मध्ये ८७ जना अटिजम भएका बालबालिकाहरू रहेका छन् ।

उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ । कार्यक्रमको सहजीकरण महिला विकास शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

काँकरभिट्टा साकोसको स्वास्थ्य शिविरमा ३०३ जना लाभान्वित

अघिल्लो समाचार

आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौँ : मन्त्री दाहाल (भिडियोसहित)

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.