८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

दल र पत्रकारको सम्बन्ध पानी र माछाको जस्तो हुनु पर्छ : प्रेम गिरी

बैशाख २०, २०८२, २:१३ .शनिबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २० बैशाख । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले राजनीतिक दल र पत्रकारको सम्बन्ध पानी र माछाको जस्तो रहेको बताएका छन् ।

आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखालेआयोजना गरेको ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिवद्वता’ कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

‘राजनीतिक दललाई पत्रकार भएन भने पानी बिनाको माछा जस्तो हुन्छ’, अध्यक्ष गिरील भने–‘पत्रकारलाई पनि राजनीतिक दल चाहिँन्छ । त्यसैले राजनीतिक दल र पत्रकारको सम्बन्ध पानी र माछाको जस्तो हुनु पर्छ ।’

संविधान सभा सदस्य समेत रहेका उनले लोकतन्त्र व्यवस्थाको विकल्प नरहेको बताए । एमाले पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनको भनाई छ ।

कांग्रेस राजा राख्ने पक्षमा छैन् : केशवराज पाण्डे

कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले प्रेस स्वतन्त्रता विना लोकतन्त्र र प्रजातन्त्र सम्भव नहुँने दावी गरे । उनका अनुसार लोकतन्त्रको सुन्दर पक्ष भनेको नै स्वतन्त्रता हो ।

‘कांग्रेस राजा राख्ने पक्षमा छैन्’, पाण्डेले भने–‘धमिलो पानीमा माछा मार्न खोज्नेहरु धेरै छन् । त्यो सम्भव नहुँने कुरा हो । देशलाई अब आर्थिक क्रान्तिमा लानु पर्छ ।’

समाजमा के बिक्री हुन्छ सबै त्यतै : राजु आचार्य (अग्नि)

नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य (अग्नि) ले समाजमा के राम्रोसँग बिक्री हुन्छ त्यतातिर नै सबै लाग्ने गरेकाले राजनीतिक दल र पत्रकारले पनि त्यहि गरिरहेको बताए ।

सबैले आत्मालोचना गरौँ : सम्भु सुस्केरा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सचिव सम्भु सुस्केराले सबैले आ–आफ्नो ठाउँबाट आत्मालोचना गरेर अघि बढ्न आग्रह गरेका थिए ।

समाचार लेखेन भनेर थर्काउँदैनौँ : केशवकुमार ओझा

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाका अध्यक्ष केशवकुमार ओझाले संविधानभित्रै रहेर अग्रगमनको पक्षमा वकालत गरिरहेकोले स्वतन्त्र पत्रकारिताको विपक्षमा नरहेको बताए । पत्रकारले समाचार लेखेन भनेर थर्काउने, धम्काउन काम हामीबाट नहँुने उनको भनाई छ ।

भुईमान्छेको पक्षमा लाग्न आग्रह : वेदराज रेग्मी

नेकपा एकीकृत समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मीले जति पनि समाचार संप्रेषण हुन्छ त्यो भुईमान्छेको पक्षमा स्वतन्त्र पत्रकारिता गर्न आग्रह गरेका थिए ।

११ प्रदेश माग : समरकुमार राई

यस्तै जनता समाजवादी पार्टी झापाका अध्यक्ष समरकुमार राईले देश जनसहभागितामुलक लोकतन्त्रको पक्षमा जानु पर्ने बताएका छन् । उनले ७ प्रदेशलाई बढाएर अझै ११ प्रदेश बनाउन समेत माग गरेका छन् ।

पत्रकार झोले हुन् : भोटुलाल राजवंशी

कार्यक्रममा जनमत पार्टी झापाका अध्यक्ष भोटुलाल राजवंशीले पत्रकार कसैको झोले नभएर चोखो र संगठित हुनु पर्ने बताएका छन् । पत्रकारहरुले साना दल र किसानहरुको पनि समाचार लेख्न आग्रह गरेका छन् ।

पत्रकार लोकतन्त्रको मेरुदण्ड : सुमन सिंह सि

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) झापाका इन्चार्ज सुमन सिंह सिले लोकतन्त्रको मेरुदण्ड पत्रकार भएको बताए । उनले भत्किएको समाजलाई जोड्ने काम पत्रकारले गर्नु पर्ने बताए । त्यसैले नेपाली समाज यथास्थितिमा बस्न नसक्ने उनको जिकिर छ ।

पत्रकारहरु इमानदार हुनु पर्छ

अग्रज पत्रकार चन्द्र भण्डारी, माधव विद्रोहीले मोफसल र केन्द्रका साना–ठुला मिडिया र पत्रकारहरुले आफ्नो पेशाप्रति इमानदार भएर काम गर्नु पर्ने बताएका थिए ।

दलहरुको ५ बुँदे साझा प्रतिवद्धता

सोही अवसरमा राजनीतिक दलहरुले ५ बुँदे साझा प्रतिवद्धता पनि जनाएका छन् ।

१) संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि प्रतिबद्ध छौं । साबै प्रेस स्वतन्त्रताको सम्मान, रक्षा र कार्यान्वयनका लागि सरकारसहित सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदछौं ।

२) राज्यका तीनै तहमा सञ्चार सम्बन्धी कानूनहरु पूर्णरुपमा बनाएर कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछौं । साथै झापाका १५ वटै स्थानीय सरकारलाई एक वर्षभित्र सञ्चार कानून निर्माण र कार्यान्वयन गर्न अपिल गर्दछौं ।

३) २०८१÷१२÷१५ गते काठमाडौंको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न, परिवारलाई क्षतिपूर्ति दिन, घाइते पत्रकारको निःशुल्क उपचार र क्षति पुर्याइएका सञ्चार माध्यमलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं ।

४) पत्रकारको क्षमता वृद्धि तथा पत्रकार महासंघको संस्थागत विकास गर्दै मर्यादित र व्यावसयिक पत्रकारिताको विकासका लागि महासंघ र स्थानीय सरकारबीचको सहकार्यमा जोड दिदै त्यसका लागि राजनीतिक दलहरुको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

५) झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको वृद्धिका लागि झापाका राजनीतिक दलहरुको तर्फबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोषमा सहयोगका लागि सबै पक्षलाई अपिल गर्दछौं ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सुब्रत न्यौपानेले र सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

पछिल्लो समाचार

लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न योजना बनाउँदै मेचीनगर

अघिल्लो समाचार

राजनीतिक योद्धा भण्डारी र भुर्तेललाई नागरिक सम्मान

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.