२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सार्वजनिक जग्गाहरु नगरपालिकाको स्वामित्वमा ल्याउन दलहरु एकमत

बैशाख २२, २०८२, २:२० .सोमवार
0
0
0
SHARES
194
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २२ बैशाख । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय छलफलले समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको छ ।

सोमबार मेचीनगर नगरपालिकाले आयोजना गरेको राजनीतिक दलहरुसँगको सर्वदलीय छलफलले सार्वजनिक जग्गाहरुको समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको हो ।

काँकरभिट्टा क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरु क्याम्पस, स्कुल, खेलमैदान, बस ट्रर्मिनल, मिनीमार्केट, श्रीजंघा बसपार्क, श्रीजंघा पुस्तकालय, स्वास्थ्य केन्द्र, शौचालय, भीमसेन मन्दिर, शिवालय मन्दिर, दमकल, मेचीडाँडा, महिला विकास सहकारीको जग्गा, बगान छेउ लगायतका जग्गाहरु राष्ट्रिय आवास कम्पनीको नाममा रहेको छ ।

कम्पनीले उक्त जग्गाहरुको स्वामित्व नगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने सबै दलहरुले माग गरेका थिए । त्यसका लागि नगरपालिकाले निर्णायक धारणा बनाएर अघि बढ्न दलहरुले सुझाव दिएका थिए ।

छलफलमा मेचीनगरका निवर्तमान नगरप्रमुख विमल आचार्यले मन्त्रीपरिसद्बाट निर्णय गराएर उक्त जग्गाहरु नगरपालिकाको स्वामित्वमा ल्याउनु पर्ने बताएका छन् ।

कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले जनताले उक्त जग्गाहरु कम्पनीबाट हस्तक्षेप गरेर लिनु पर्नेमा जोड दिए । उनले त्यसपछि मात्र नगरपालिकाले कम्पनीसँग सहमती गर्नु पर्ने उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रका क्षेत्रीय इन्चार्ज प्रकाश भण्डारीले नगरपालिकाको आधिकारिक धारणा आएपछि त्यसैलाई नै दलहरुले सहमती गर्ने बताए । अर्का माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले कानूनी समस्याहरुको उपचार खोज्दै अघि बढ्न नगरपालिकालाई आग्रह गरेका छन् ।

छलफलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, कांग्रेसका महासमिति सदस्य मणिकुमार उप्रेती, नेकपा एमालेका नगर अध्यक्ष राजु कार्की, राप्रपाका नगर सचिव विशालकृष्ण बाँस्तोला लगायतले सुझाव दिएका थिए ।

छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, कांग्रेसका नगर सभापति सुदय पनेरु, एमालेका क्षेत्रीय संयोजक कृष्ण कनाल, राप्रपाका क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, जसपाका पूर्व नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बहुउदेश्यीयसहितको बहुतले बसपार्क निर्माण गर्न, निजी र सार्वजनिक जग्गाका समस्याहरु समाधान गर्न धनीपूर्जा आवश्यक भएकोले यसमा सबै दलहरु मिलेर अघि बढ्नु पर्ने बताइन् ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उक्त जग्गाहरु धनीपूर्जा निःशुल्क प्राप्त गर्न कानूनी झनझटहरु भएकाले मन्त्रीपरिसद्बाट निर्णय गर्नु पर्ने बताए । उनले त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरेर यहाँका सबै राजनीतिक दलहरु र नगरपालिका एक भएर केन्द्रमा लविङ गर्नुको विकल्प नभएको बताए ।

छलफलमा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले वैठकको निश्कर्ष सुनाएका थिए । वैठकको निर्णय अनुसार राष्ट्रिय आवास कम्पनीबाट हस्तान्तरण हुनु पर्ने जग्गाको विषयमा निन्नानुसारको कार्यान्वयन प्रक्रियाअघि बढाउन उक्त कम्पनीको सञ्चालक समितिको मिति २०७४ चैत ७ गतेको ४४८ औँ वैठकले पेश गरेको ‘व्यवस्थापन राय’ बमोजिम नगरपालिकालाई निःशुल्क हस्तान्तररण गर्न उल्लेखित गरिएका जग्गाहरु तत्काल प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाउने छ ।

त्यस्तै, पहिलो निर्णय अन्तरगत उल्लेखित ‘व्यवस्थापन राय’ प्रति नगरपालिका नगरकार्यपालिकाको मिति २०७७ फागुन ७ गतेको निर्णयबाट संशोधनका लागि पठाइएको विषयको कार्यान्वयनका लागि कम्पनीसँग निरन्तर छलफल प्रक्रिया अघि बढाउँदै समाधान गर्ने उल्लेख छ ।

र उल्लेखित निर्णय प्रक्रिया कार्यान्वयन गर्न छलफलका लागि विषय थपघट गर्नु पर्ने भए सो समेत गर्न गराउन नगरप्रमुख बुढाथोकीको संयोजकत्वमा संविधान सभा सदस्य एवम् प्रथम नगरप्रमुख रविन कोइराला, निवर्तमान नगरप्रमुख आचार्य लगायतको सहजीकरण समिति गठन गर्ने समेत निर्णय गरिएको छ ।

पछिल्लो समाचार

ऐतिहासिक स्थल तेलपानीमा बुधबारदेखि पुराण (भिडियोसहित)

अघिल्लो समाचार

महिला जनचेतनाले दियो तीन पालिकामा ‘कृषि तालिम’

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.