३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

महिला जनचेतनाले दियो तीन पालिकामा ‘कृषि तालिम’

बैशाख २३, २०८२, २:२२ .मङ्लबार
0
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ बैशाख । महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेको यहाँको एउटा सामाजिक संस्थाले कृषि क्षेत्रका किसानको पनि मर्म बुझ्न थालेको छ ।

मेचीनगर–६ स्थित काँकरभिट्टामा मुख्य कार्यालय रहेको महिला जनचेतना केन्द्रले विगत २० वर्षदेखि झापामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको छ । यसपटक संस्थाले कृषि क्षेत्रमा किसानले के गरिरहेका छन् भन्ने बुझ्ने उदेश्यले कृषकमैत्री काममा जुटेको छ ।

गतहप्ता मात्रै संस्थाले हाई हिमालयन अर्गानिक प्रालिसँगको सहकार्यमा झापाको तीन वटा पालिकामा प्राङ्गारिक जीवाणु मल सम्बन्धी किसानलाई सचेतना मुलक कार्यक्रम दिएको थियो ।

झापाको मेचीनगर नगरपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाका कृषकहरुसँग प्रत्यक्ष भेटेर प्राङ्गारिक जीवाणु मलका विषयमा छलफल गरिएको महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले जानकारी दिइन् ।

‘महिला हिंसा, बाल विवाह लगायत महिलालाई गरिने विभेदका विषयमा वकालत गर्दै आएका छौँ,’–अध्यक्ष कार्कीले भनिन्–‘मानिसको स्वास्थ्यसँग जोडिएको विषय भएकोले कृषकसँग हातेमालो गरिएको हो । कृषकले उत्पादन गरेका वस्तु अर्गानिक होस् भन्ने उदेश्यले संस्था सहकार्यले गरेको छ । विषादीको मात्रा उच्च छ । त्यसलाई रोक्न यो कार्यक्रमले बल पुग्छ ।’

उनका अनुसार कृषकले नजाने कै कारण बारीमा युरिया, डीपीए मल प्रयोग गरिरहेका छन् । जुन मानिसका लागि घातक रहेको छ । जसले गर्दा क्यान्सर रोग समेत निम्ताएको छ । यसलाई रोक्न र कृषकलाई बुझाउन पनि प्राङ्गारिक जीवाणु मलको प्रयोग अनिवार्य छ ।
यही बैशाख १५ गते कचनकवल–५ र १ नं.वडाका ६० जना किसानलाई प्राङ्गारिक जीवाणु मलका विषयमा तालिम दिइएको संस्थाकी अध्यक्ष सीता गुरुङले बताइन् ।

यस्तै मेचीनगर–५, ६, ७ र ८ नं.वडाका ४० जना किसानलाई तालिम दिइएको थियो । त्यसैगरी बाह्रदशी–१ र ७ नं.वडाका ५० जना किसानलाई पनि तालिम दिइएको उनले बताइन् । तीन वटै पालिकाका सहभागी किसानहरुलाई हाई हिमालयन थ्रीस्टार प्राङ्गारिक जीवाणु मलका विषयमा प्रालिका सञ्चालक प्रदीप घिमिरे र सहजकर्ता लोकपृय खनालले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागी प्रत्येक किसानलाई २५ केजीको १ बोरा थ्रीस्टार धुलो मल, ५ लिटरको जरामा हाल्ने थ्रीस्टार झोल मल, अढाई लिटरको पातमा हाल्ने फोलियरको थ्रीस्टार झोल मल र अढाई लिटरको पातमा हाल्ने थ्रीस्टार झोल मल निःशुल्क वितरण गरिएको थियो ।

प्रालिका सञ्चालक घिमिरेका अनुसार अनेक थरिका विषादी मलका कारण माटोको क्षय भएकोले उत्पादन भएका अन्नमा असर पुग्यो । त्यस्ता प्रकारका अन्न खाएपछि मानिसलाई विभिन्न खालका रोग लाग्न थाल्यो । मान्छे विरामी नहुन् भनेर किसानलाई प्राङ्गारिक जीवाणु मलमा जोड दिन किसानलाई अनुरोध गरिएको छ ।

तीन वटै पालिकामा भएको सचेतना मुलक कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, बालबालिकाका अभिभावक, स्थानीय सामाजिक संघ–संस्थाका प्रतिनिधि, किसान लगायतको सहभागिता रहेको थियो ।

बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण परियोजना अन्तर्गत अभिभावकसँग प्राङ्गारिक जीवाणु मल सम्बन्धी तीन वटै पालिकामा एक–एक दिन किसानलाई ‘कृषि तालिम’ प्रदान गरिएको अध्यक्ष कार्कीले बताइन् ।

पछिल्लो समाचार

सार्वजनिक जग्गाहरु नगरपालिकाको स्वामित्वमा ल्याउन दलहरु एकमत

अघिल्लो समाचार

मेचीनगरमा औषधि पसल अनुगमन : दुईटालाई जरिवाना, चार वटालाई सचेत

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.