२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगरमा औषधि पसल अनुगमन : दुईटालाई जरिवाना, चार वटालाई सचेत

बैशाख २४, २०८२, १:११ .बुधबार
0
0
0
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २४ बैशाख । मेचीनगरमा औषधि पसलको अनुगमन गर्दा दुई वटालाई जरिवाना र चार वटालाई सात दिनभित्र कार्यालयमा आउन निर्देशन गरिएको छ ।

आज दिउँसो मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा स्वास्थ्य कार्यालय झापा, जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, जिल्ला प्रशासन कार्यालय झापाको संयुक्त अनुगमन टोलीले विभिन्न प्रकारका ६ वटा औषधि पसललाई जरिवानासहित सचेत गराइएको हो ।

अनुगमनका क्रममा मेचीनगर–७, ईटाभट्टा स्थित राधास्वामी स्वास्थ्य उपचार क्लिनिक र मेचीनगर–६, काँकरभिट्टा स्थित एपोलो डेन्टल (पाथिभरा डेन्टल केयर एण्ड इम्प्लान्ट सेन्टर) क्लिनिकका सञ्चालकलाई २०७७ को दफा ३३ (ख) बमोजिम जनही ३० हजार जरिवाना गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

दुई वटै क्लिनिकले इजाजत नलिई गैर कानूनी रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेकोले दोस्रो चरणमा कारवाही स्वरुप जरिवाना गरिएको उनले बताए ।

उनका अनुसार एपोलोलाई २०७९ फागुन ७ गते र राधास्वामीलाई २०८० चैत ६ गते अनुगमनका क्रममा सचेत गराइएकोले हालसम्म पनि सम्बन्धीत निकायबाट इजाजत नलिइएको पाइएकोले तीन दिनभित्र जरिवानासहित कार्यालय आउन निर्देशन दिइएको छ ।

यस्तै मेचीनगर–१० को शिखर हस्पिटल प्रालिले इजाजत पत्र नवीकरण नगरेको, न्यु मिलन क्लिनिक हल प्याथोलोजी ल्यावको इजाजत पत्र नभएको, मेचीनगर–९ को हरि हलेसी मेडिकल हलको इजाजत पत्र नवीकरण नभएको र रुपा मेडिकलको इजाजत पत्र नवीकरण नभएकोले सञ्चालकहरुलाई दोस्रो संशोधन निर्देशिका २०७३ को दफा ८ को उपदफा (२)÷दफा ९÷दफा १२ को उपदफा (१) र (२)÷दफा १३ को उपदफा ४ बमोजिम स्थलगत अनुगमन गर्दा मापदण्ड पूरा नभएको पाइएकोले ७ दिनभित्र मापदण्ड पूरा गरेको कवुलियतनामा निवेदनसहित मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखामा उपस्थित हुन निर्देशन दिइएको उनले जानकारी दिए ।

फोकल पर्सन श्रेष्ठले पहिलो चरणमा सचेत, दोस्रो पटक जरिवाना र तेस्रो पटकमा पनि जरिवाना नतीरी अटेर गरे संस्था बन्द गरिने कानूनी प्रवाधान रहेको बताए ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्कोटी, फोकल पर्सन श्रेष्ठ, जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रका डाक्टर विजय श्रेष्ठ, प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर मनोजकुमार साह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रविनकुमार राजबंशी, नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, कर्मचारी रामप्रसाद अधिकारी लगायत रहेका थिए ।

स्वास्थ्य शाखा प्रमुख सापकोटाले डी र ई वर्गका ल्याव, क्लिनिक, फार्मेसी र १५ वेडका आधारभूत अस्पतालहरुले नगरपालिकामा दर्ता र नवीकरण गर्नु पर्ने बताइन् ।

उनका अनुसार पोलिक्लिनिक, डाईगोनोस्टिक, डेन्टल क्लिनिक, विशेषज्ञसहितको सेवाहरुको दर्ता र नवीकरण स्वास्थ्य कार्यालय झापामा सिफारिस गरिने नियम छ ।

 

पछिल्लो समाचार

महिला जनचेतनाले दियो तीन पालिकामा ‘कृषि तालिम’

अघिल्लो समाचार

‘रेमी’सँग सरोकारवालाहरुले सुनाए अनुभव

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.