८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगरमा पहिलो पटक एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण

बैशाख २६, २०८२, १:१३ .शुक्रबार
0
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २६ बैशाख । मेचीनगरमा पहिलो पटक क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण शिविर सञ्चालन गरिएको छ ।

आज मेचीनगर–४, बाहुनडाँगी स्थित स्वास्थ्य चौकीबाट एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण शिविर सुरु गरिएको हो ।

शिविर सुरु हुनु अघिको औपचारिक कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रोग लागेर उपचार गर्नु भन्दा पनि पहिला रोग लाग्न नदिने गरी जनतालाई स्वास्थ्यप्रति सचेतना फैलाउन आवश्यक रहेको बताए ।

शिविरमा २३० जनाले एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरेको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् । उनका अनुसार २३० जनामध्ये ६ जना क्षयरोगीलाई शिविरमा नै उपचार गरिएको छ । २० जनाको खँकार परीक्षणका लागि लिएको थियो ।

शिविरमा सुगरको ग्लुकोजको रगत जाँच, किड्नीको जाँच, पिसावमा प्रोटिनको जाँच, छाती लगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका मध्ये २० प्रतिशतमा प्रि–मधुमेह र प्रोटिन समेत देखा परेको सापकोटाले बताइन् ।

शिविरमा एआई विज्ञ डाक्टर विनोद मण्डल, मेडिकल अधिकृत डाक्टर विकास दास र रेडियोग्राफर सहितको प्राविधिक टिमले उपचार सेवा प्रदान गरेको थियो ।

उक्त एक्सरे मेसिन कोशी प्रदेशमा जम्मा एउटा रहेको छ । सोही मेसिनले सबै पालिकामा घुम्ती शिविरको काम गरिरहेको छ । करिव एक करोड ३५ लाख पर्ने मेसिन ७ वटा प्रदेशमा एक एक वटा मात्र छ । उक्त मेसिनबाट यसअघि झापाको दमक नगरपालिका र झापा गाउँपालिकाका जनतालाई सेवा दिइसकेको छ ।

मेचीनगरको अब तीन वटा वडामा उक्त शिविर सञ्चालन हुनेछ । जसमा शनिबार मेचीनगर–७, आइतबार मेचीनगर–१२ र सोमबार मेचीनगर–१५ नम्बर वडामा एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गरिने छ । उक्त प्रविधिबाट गर्भवती र १५ वर्षमुनीका बाहेकालाई यो सेवा दिइने छ ।

मेचीनगर नगरपालिकालाई आगामी २०८३ सालमा क्षयरोग मुक्त घोषणा गर्ने अभियान अन्तरगत यो पनि शिविर सञ्चालन गरिएको हो ।

५ वर्षभित्र क्षयरोग मुक्त घोषणा गर्ने कार्यक्रमको ३ वर्ष सकिएर ४ वर्षमा रनिङ भइरहेको छ । पछिल्लो तीन वर्षमा ५१९ जना क्षयरोग रोगीका विरामीलाई प्रत्यक्ष निगरानीमा उपचार भइरहेको सापकोटाको भनाई छ ।

त्यस्तै शिविरमा आँखा जाँचको सेवा पनि दिइएको थियो । शिविरमा २०० जनाले आँखा जाँच गराएका थिए । आँखा जाँचमा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग रहेको थियो । आँखा जाँच गरेका मध्ये २७ जनाको शल्याक्रिया गर्नु पर्ने देखिएको छ ।

२७ जना मध्ये १७ जनामा मोयिाबिन्दु र १० जनामा मासु पलाएको सेन्टरले जनाएको छ । ५८ जनालाई औषधि वितरण गरिउको थियो । आँखा जाँच शिविरमा अक्टुमेट्रिस रोजल थापाको नेतृत्वमा ४ जनाको प्राविधिको टोली खटिएको थियो ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न शिविरको स्वागतसहित सञ्चालन स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन् ।

पछिल्लो समाचार

मेचीनगरमा सजिवन (मोरिङ्गा) खेतीको तयारी

अघिल्लो समाचार

सूर्योदय स्कुलको ट्रुप लिडरमा साइस्ना र रिदम निर्वाचित

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.