२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ६, २०८२, १:४१ .मङ्लबार
0
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ जेठ । मेचीनगरमा आइतबार र मंगलबार दुई वटा घरमा आगलागी भयो । आगलागीको कारण विद्युत सर्ट भएको थियो ।

आइतबार मेचीनगर–३ स्थित भावाना चोकको वस्तीभित्र चित्रा, टिन र काठको टाढे घर र आज विहान मेचीनगर–९ स्थित थोप्लेविरानको दुई तले इटाको गारो, टिन र काठको घरमा आगलागी भयो ।

भावाना चोकको लालबहादुर सुब्बाको टाढे घरमा दिउँसो ४ वजे विद्युत सर्ट भइ आगलागी हुँदा उनी र उनका परिवारले लगाएको कपडादेखि बाहेक केहि बचाउँन सकेनन् ।

सुब्बाको दुई विघा ऐलानी जग्गाभित्र रहेको सानो चित्रा, टिन र काठको टाढे घरमा रहेको ८० मन धान, २ वटा साइकल, एकतोला सुन, ५५ हजार नगद, भाडावर्तन, लुगाफाटा सबै जलेर नष्ट भएको थियो ।

‘दिउँसो घरमा आराम गरिरहेका बेला विद्युतमा एक्कासी चट्याक्क गरेको आवाज आयो’, सुब्बाले भने–‘भरे हुस्सहुस्सी आगो बल्न थाल्यो । ५ जनाको परिवार थियो । सबै भाग्नतिर लाग्यो । घरभित्र भएका सबै सामान खरानी भए ।’

मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतले घर आगलागी हुँदा करिव ३० लाखको क्षति भएको जानकारी दिए । उनले आगलागी भएको थाहा हुने वित्तिकै दमकल आयो तर, सबैतिर बाटो निर्माण भइरहेकाले गाउँको सानो बाटोमा घुमाएर दमकल लादा नियन्त्रण प्रयासमा समय लागेको बताए ।

यस्तै आज विहान ८ वजे मेचीनगर–९, थोप्ले विरान स्थित मणिराज अधिकारीको घरमा आगलागीको घटनामा पनि सोही प्रकृतिको कारण दमकल समयमा पुग्न ढिलो भएको थियो ।

साढे ९ वजे आगो नियन्त्रणमा आएपनि कपडा, भाडा बर्तन, फर्निचर, अन्नपात र घर पूर्णरुपमा नष्ट भएको थियो । उक्त घटनामा करिव ११ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

आगलागी घटनामा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीसँगै उपप्रमुख मीना पोखरेल उप्रेती, वडाध्यक्ष वस्नेत लगायतको उपस्थिति रहेको थियो ।

दुईवटै घरको आगलागी घटनामा स्थानीय, सुरक्षाकर्मी र दमकलले आगो निभाउने प्रयास गरेका थिए । नगरप्रमुख बुढाथोकीले आगलागीका घटनाहरु बढिरहेकाले सचेत रहन नगरवासीलाई अनुरोध गरेका छन् ।

नगर क्षेत्रका प्रायः सबै बाटाहरु निमार्णाधीन अवस्थामा रहेकाले दमकल जाने बाटो अवरोध भएकाले आगलागी भएको ठाउँमा पुग्न समस्या भएको उनले बताए ।

बन्दै गरेका सडक र गाउँका साँघुरो बाटोको कारण दमकल समयमा नपुगेको कारण क्षति भएको उनको भनाई छ ।
नगरप्रमुख बुढाथोकीले दुवै आलगागी घटना भएको परिवारमा दुःख व्यक्त गर्दै क्षतिपूर्तीका लागि छलफल गरिने बताए ।

पछिल्लो समाचार

वडाले बाढ्यो किसानलाई कृषि औजार

अघिल्लो समाचार

महिलाहरुलाई सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिम

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.