मेचीनगर, ५ जेठ । मेचीनगर–३ का ३१ वटा टोलका किसानहरुलाई कृषि औजारहरु वितरण गरिएको छ ।
मेचीनगर नगरपालिकाले वडा कार्यालयलाई छुट्टाएको बजेटबाट सोमबार वडा नम्बर ३ का ३१ वटा टोल विकास समिति अन्तरगतका किसानहरुलाई कृषि औजारहरु वितरण गरिएको हो ।
वडा कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले किसानहरुलाई विभिन्न प्रकारका कृषि औजारहरु वितरण गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख बुढाथोकीले कृषि कर्मको विकल्प नभएकोले किसानहरुलाई सहज हुने गरी साना कृषि औजारहरु प्रदान गरिएको बताए । किसानले आफ्नो लागि चाहिए अनुसारको औजार कार्यालयले उपलब्ध गराइएको उनले बताए ।
वितरण गरिएका औजारहरुमा मकै छोडाउने हाते मेसिन, मकै छोडाउने खुट्टी मेसिन, हातले जोत्ने मेसिन, ट्याङ्की, बेल्चा, फरुवा लगायतका रहेका छन् ।
वडाको ४ लाख बजेटमा एउटा टोलका किसानलाई करिव १३ हजार रुपैयाँ बराबरको ३१ वटा टोलका किसानलाई उक्त औजारहरु वितरण गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्वाधार समिति संयोजक चित्र धिमाल, वडा सदस्य, किसान लगायतको उपस्थिति रहेको थियो ।
मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक देबु बानियाँले गरेका थिए ।




Discussion about this post