मेचीनगर, ११ जेठ । फुटबलका गोलरक्षक मीनबहादुर बस्नेत आगामी साफ यु–२० महिला च्याम्पियनशीप प्रतियोगिताका लागि प्रशिक्षण नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले काँकरभिट्टा निवासी गोलरक्षक बस्नेतलाई नियुक्त गरेको हो । आज एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र दिएका थिए ।
आगामी जुलाई ११ देखि २१ गतेसम्म बंगलादेशको राजधानी ढाकामा उक्त प्रतियोगिता हुँदैछ ।
फुटबल खेलाडी बस्नेतले नेपाली राष्ट्रिय टोलीबाट विभिन्न प्रतियोगिता खेलिसकेका छन् । उनी नेपाली फुटबल जगतमा गोलरक्षकको रुपमा आफ्नो छुट्टै पहिचानन बनाइसकेका छन् ।
Discussion about this post