धुलाबारी, १२ जेठ । मेचीनगरस्तरीय दलित समन्वय समितिले आजदेखि एक महिने कुक, बारिष्टा र ब्रिज कोर्सको तालिम सुरु गरेको छ ।
आज धुलाबारी स्थित राधास्वामीको भवनमा दलित समन्वय समितिले आयोजना गरेको कुक, बारिष्टा र ब्रिज कोर्स(पीसीएल नर्सिङ) को तालिमको उद्घाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रप्रअ अधिकारीले तालिम लिएर सार्टिफिकेट सिरानेमा राख्ने मात्र होइन आफ्नो खुट्टामा उभिन सक्नु पर्ने बताए ।
उनका अनुसार सक्षम भइयो भने कसैले हेप्न सक्दैन । त्यसमा जाति र धर्मको कुरा आउँदैन । कसैलाई चित्त बुझेन भनेर फेसबुकमा लेखेर आनन्द मान्ने होइन, सही कुरा के हो त्यसमा लाग्नु पर्छ ।
कार्यक्रममा तीन वटै तालिमको सहजकर्ताका रुपमा रहेको सहयोगी नेपालका अध्यक्ष दयालाल राजबंशी, ब्रिज कोर्स इन्टरनेशनलका सञ्चालक असोक भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नगरस्तरीय दलित समन्वय समिति मेचीनगरकी अध्यक्ष एवम् कार्यपालिका सदस्य रीता परियाले नाना, खाना र छानामा तडपीएको हाम्रो समुदायलाई पछिल्लो समय माथि उठाउन नगरपालिकाले गरेको सहयोगलाई तालिममा सहभागीहरुले यसको उच्चतम फाइदा लिन आग्रह गरेकी थिइन् ।
अर्की कार्यपालिका सदस्य कविता मिजारले अहिले पनि समाजमा विभेद अन्त्य भएको छैन, त्यस्को स्वरुप मात्र परिवर्तन भएको दावी गरिन् ।
तालिममा मेचीनगरका ७० जना सहभागी रहेका छन् । कुकको तालिममा २० जना, बारिष्टाको तालिममा २० जना र ब्रिज कोर्स(पीसीएल नर्सिङ) को तालिममा ३० जनाको सहभागी रहेको छ ।
कुकको तालिममा सहभागीलाई कविर राजबंशी, बारिष्टाको तालिममा सहभागीलाई शिशिर कटुवाल र ब्रिज कोर्स तालिममा सहभागीलाई सुजन तिवारीले प्रशिक्षण दिइरहेका छन् ।
उक्त तालिम सञ्चालनका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
नगरस्तरीय दलित समन्वय समिति मेचीनगरकी अध्यक्ष रीता परियाको अध्यक्षतामा समापन भएको उद्घाटन सत्रको स्वागत उपाध्यक्ष लक्ष्मी परियारले र सञ्चालन सचिव कविता मिजारले गरेकी थिइन् ।




Discussion about this post