८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रविधि

मेचीनगरमा ‘एकीकृत सेवा प्रवाह’ सुरु गर्ने तयारी

जेष्ठ १३, २०८२, १:२४ .मङ्लबार
0
0
0
SHARES
147
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १३ जेठ । आम नागरिकलाई बिना झन्झट सहज र कम समयमै गुणस्तरीय सेवा दिने लक्ष्यसहित मेचीनगर नगरपालिकाले एकीकृत सेवा प्रवाह सुरु गर्ने भएको छ ।

सार्वजनिक सेवा प्रवाहलाई छिटो, गुणस्तरीय, पहुँचयोग्य, जनसहभागितामूलक तथा निष्पक्ष नहुँदा झन्झट व्यहोर्नुपर्ने बाध्यता रहेको आमनागरिकको गुनासो रहँदै आएको छ । तर, अब मेचीनगरमा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने भएको छ ।

यो सेवा लागू भएपछि दैनिक कार्यसम्पादनको तथ्यांक व्यवस्थापन, लाइन लाग्नुपर्ने अवस्था, फायल हराउने, कागजपत्र मिलाउनुपर्ने झन्झटबाट पनि नागरिकले मुक्ति पाउने छन् ।

सोही विषयमा मंगलबार नगरपालिकाले काँकरभिट्टा खानेपानीको सभा हलमा सूचना प्रविधिमा आधारित ‘एकीकृत नगर सेवा प्रणाली’ सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधि, शाखा प्रमुख, वडा सचिव, कम्युटरका प्राविधिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरवासीलाई धेरै भन्दा धेरै सुविधा दिएर सहज बनाउनका लागि नगरपालिकाले प्रविधि मार्फत सेवा दिन लागिरहेको बताए ।

उनका अनुसार यसका लागि दुई वर्षदेखि निरन्तर लागिरहेका थियौँ । अब उक्त सेवा करिव असार पहिलो हप्तादेखि सञ्चालन गर्ने लक्ष्य रहेको छ । यस्तो सेवाले नागरिकलाई शुसासनको कुरामा जोड दिने उनको भनाई छ ।

प्राविधिक र प्रणालीको रिसोर्सका रुपमा नगर विकास कोषको रहेको छ । अब नागरिकका गुनासा व्यवस्थापन, अनलाइन सिफारिस, नागरिक प्रोफाइल निर्माण, नागरिक वडा पत्र लगायतका सेवा प्रवाह हुने छन् ।

कार्यक्रमकी विशिष्ठ अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले नागरिकलाई वडा, नगर धाउँने समस्याबाट मुक्त गर्न घरैबाट सेवा दिने उदेश्यले यो प्रविधिमैत्री नगर बनाउन खोजिरहेको बताइन् ।

आफुले सेवा लिन चाहेको कुरालाई ट्याक गर्न सकिने, जस्तो आफुले भरेको अनलाइन फर्मको अवस्था कस्तो छ, कागज बन्यो बनेन, फायल कहाँ पुग्यो लगायतका कुराहरुलाई उक्त सेवाबाट सहजै हेर्न मिल्ने भएको छ ।

कार्यक्रममा नगर विकास कोष अन्तरगतको योजना, अनुगमन तथा मुल्याङ्कन महाशाखाकी प्रमुख सिर्जना खड्का, कन्सल्टेन्ट इश्वर पोखरेल लगायतले एकीकृत नगर सेवा प्रणालीका बारेमा चर्चा गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले र सञ्चालन सूचना प्रविधि अधिकृत असोक भेटवालले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा कुक, बारिष्टा र ब्रिज कोर्सको तालिम सुरु

अघिल्लो समाचार

न्यायिक समितिले गर्यो बार्षिक कार्यक्रमको समीक्षा

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.