मेचीनगर, १४ जेठ । अफ्रिकन स्वाइन फिभरको आशंकामा काँकरभिट्टाको एउटा बँगुर फार्मका बङ्गुरहरु मर्न थालेका छन् ।
मेचीनगर–६ रमाइलो गाउँ स्थित बबिता बंगुर फार्मका ८० र छेउछाउका गरी करिव एकसय वटा बङ्गुरहरु मर्न थालेका हुन् ।
मेचीनगर नगरपालिका पशु शाखा प्रमुख बिक्रम गुरुङले अज्ञात रोगका कारण जेठ ११ गते सम्ममा ६४ वटा बङ्गुर मरेको जानकारी दिए ।
उनका अनुसार बबिता बङ्गुर फार्मका करिव ८० वटासहित आसपासका गरी एकसय वटा बङ्गुर मरिसकेको छ । उक्त फार्म सञ्चालक राजु विश्वकर्माले वैशाख २७ गतेबाट बङ्गुरहरू एकपछि अर्को गर्दै मर्न थालेको बताए ।
पन्ध्र दिनदेखि दुई महिना सम्मका बच्चा, दुई भाले, माउ र मासुका लागि पालिएका बङ्गुरहरू रहेका छन् । अब फार्ममा बाँकी रहेका दुई वटा बच्चा बंगुर पनि बिरामी रहेका छन् ।
वैशाख ११ गते प्रारम्भिक नमूना संकलन गरी विराटनगर स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको पशु प्राविधिक छत्र राईले बताए ।
उनका अनुसार काठमाडौ र विराटनगरबाट प्राविधिक टोली आएर थप नमूना संकलन गरेका छन् । परीक्षणको नतिजा एक हप्ताभित्र आउने छ ।
अफ्रिकन स्वाइन फिभर वा अन्य कुनै रोग हो भनेर अहिले नै केहि भन्न नसकिने राईको भनाई छ ।




Discussion about this post