झापा, १५ जेठ । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
विहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत, वित्तियतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनियाजन भएको छ ।




Discussion about this post