झापा, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले सात जना पत्रकारलाई जनही एक लाख पुरस्कारसहित सम्मान गरेको छ ।
विहीबार विराटनगरमा कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा झापाका तीन जना अग्रजसहित सात जना पत्रकारलाई जनही एक लाख पुरस्कारसहित सम्मान गरेको हो ।
झापाका अग्रज तीन जना पत्रकारहरु चिन्तामणी दाहाल, मोहन काजी र विमल लामिछाने सम्मानित भएका हुन् ।
कोशी प्रदेश सरकारले झापाका तीन जना पत्रकारसहित राजेश्वर श्रेष्ठ, मोहम्मद सदरुल, मनोज दाहाल र यसोदा सेनलाई पुरस्कृत गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सातै जना पत्रकारलाई जनही एकलाख नगद राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका थिए ।




Discussion about this post