२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्छ : उपसभामुख दनुवार

जेष्ठ १६, २०८२, १:३१ .शुक्रबार
0
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १६ जेठ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्ने बताएकी छन् ।

शुक्रबार बिर्तामोड स्थित होटल सिदार्थमा महिला जनचेतना केन्द्रले आयोजना गरेको ‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण’ सम्बन्धी झापा जिल्लास्तरीय सहजीकरण तथा समूह छलफल कार्यक्रममा उनले यस्तो कुरा बताएकी हुन् ।

प्रमुख अतिथि उपसभामुख दनुवारले पितृसतात्मकदेखि समाजमा रहेका विभिन्न आवरणमा गरिने प्रवृति र कु–संस्कारहरु हटाउन अभियान कै रुपमा लान सके केहि हदसम्म बाल विवाह लगायतका घटनाहरुमा कमि आउने बताइन् । समाजको चेतना उठाउन यसका लागि सबै एकजुट भएर अभियान चलाउन आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रमकी विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बाल विवाह न्यूनीकरण होइन अन्त्य नै गर्ने गरी लाग्नु पर्ने बताइन् ।

विशेष गरेर झापाको दक्षिणि भेगमा यो प्रथा कै रुपमा रहेकोले यसलाई जरैदेखि उखालेर फ्याक्ने गरी अभियान सञ्चालन गर्नु पर्ने र स्थानीय तहहरुले पनि सोही अनुसार काम अगाडि बढाइरहेको उनको भनाई छ ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कानूनले २० वर्ष भन्दा कम उमेर पुगेकोलाई बाल विवाह भनेकोले यसको जो कोहीले उल्लघंन गरे जरिवानासहित कारवाही हुने बताए । कानूनले २० वर्ष नपुगी विहे गरे ३ वर्ष कैद र ३० हजार जरिवाना तोकेको छ ।

‘गरिवी र चेतनाको अभावले अभिभावकहरुले समय नपुगी विहे गर्ने चलन छ’, सिडिओ अधिकारीले भने–‘छोरीहरुले भन्नु पर्छ, पढेर मात्र विहे गछौँ । हाम्रो आफ्नो निर्णय अभिभावकहरुले मान्नु पर्छ । त्यसो भए मात्र बाल विवाह रोक्न सकिन्छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले पनि वाल विवाह न्युनिकरण गर्न प्रहरीको तर्फबाट सक्दो प्रयास र सरोकारवाला निकायहरुसँग हातेमालो गरेर अघि बढ्ने बताएका थिए ।

सोही अवसरमा सहजीकरण तथा समूह छलफलमा प्रशिक्षकहरु बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४, रोष्ट्रिय बालअधिकार परिषद् प्रदेश समन्वय अधिकृत सुमन अधिकारी, नेपाल बार एशोसिएशन झापा सदस्य कविता बाँस्तोला पाठक, प्रहरी निरीक्षक प्रविण श्रेष्ठले बालबालिकाको अवस्था, प्रहरी कार्यालयमा मुद्दा दर्ता, बालअधिकार, नीति तथा कार्यान्वयन, चुनौतीहरु, वाल विवाहका कारण, वालविवाह गर्दा आउने समस्या, वालवविाह न्युनिकरण गर्न बालबालिकाको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतिकरण दिएका थिए ।

समूह छलफलका प्रशिक्षकहरुलाई मेचीनगर नगरपालिका महिला विकास अधिकृत जयन्ती खरेल लगायतले जिज्ञासाहरु राखेका
थिए ।

कार्यक्रममा आएका किशोर किशोरीहरुले कविता मार्फत बाल विवाह अन्त्य हुनु पर्छ भन्ने शैली प्रस्तुत गरेका थिए । विद्यार्थीहरु मासिया वेगम, जेनिशा आचार्य र हेमन्त पण्डित कविता बाचन गरेका थिए । काँकरभिट्टा माविका अनुसन्धान ढुंगेलले कविताको सहजीकरण गरेका थिए ।

महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बाल विवाह न्युनिकरण गर्न, महिला हिंसा अन्त्य गर्न लगायतका सामाजिक काममा सक्रिय रहेको बताइन् ।

महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङले उपसभामुख दनुवारलाई बाल विवाह हटाउन २० वर्षको उमेर नघटाइयोस् भनेर सदनमा नै पुर्याईदिन अनुरोध गरिन् ।

उनले संस्थाले झापाको कचनकवल, बाह्दशी गाउँपालिका र मेचीनर नगरपालिकामा नागरिकहरुलाई अर्गानिक कृषि खेतीका लागि जैविक मल प्रयोग गर्न सचेतना दिइरहेको बताइन् ।

महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कचनकवल जानकी माविकी किशोरी समूह सदस्य पुनम वेगमले, सञ्चालन धुलाबारी माविकी विद्यार्थी सृष्टि विष्ट र शुष्मा राजबंशीले गरेकी थिइन् ।

पछिल्लो समाचार

झापाका तीन अग्रज पत्रकारले पाए जनही एकलाख पुरस्कार

अघिल्लो समाचार

भन्सार भनेको सीसाको घर हो : मेची भन्सार प्रमुख पौडेल

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.