


काँकरभिट्टा, १६ जेठ । भर्खरै मेची भन्सार कार्यालयको कमाण्ड समाल्न काँकरभिट्टा आएका भन्सार प्रमुख हरिहर पौडेलले भन्सार भनेको सीसाको घर भएको बताएका छन् ।
शुक्रबार स्वागत गर्न मेची भन्सार कार्यालय पुगेका मेची उद्योग बाणिज्य संघको टोलीलाई भन्सार प्रमुख पौडेलले यस्तो कुरा बताएका हुन् ।
भन्सार प्रमुख पौडेललाई स्वागतसहित सम्मान गर्न संघका अध्यक्ष खेमराज प्रसाईको नेतृत्वको टोली दिउँसो कार्यालय पुगेको थियो ।
उनले टोलीलाई भन्सारमा विभिन्न खालका समस्या लिएर आउछन्, उनीहरु सबैलाई रिक्समोलेर कार्यसम्पादन गर्नु परिरहेको बताए । उनका अनुसार अलिकति तलमाथि भयो भने भन्सार सीसाको घर हो भनेर बुझ्दा हुन्छ ।
भुटान, बंगलादेश र भारतसँगको व्यापारलाई सहज बनाउन मेरो तर्फबाट गर्ने सहयोगमा कमि नआउने व्यावसायी र उद्योगीहरुलाई आश्वस्त पारेका थिए ।
नेपालसहित अरु तीन वटै देशको नाकामा व्यापारीले भोग्दै आएका झनझट र सास्तीका विषयमा संघका अगुवाहरुले पौडेललाई कुरा राखेका थिए ।
संघका अध्यक्ष प्रसाईको नेतृत्वको टोलीमा उद्योग उपाध्यक्ष भूमि पौडेल, महासचिव दिनेश शाक्य, पूर्व अध्यक्षद्वय विजय डालमिया, ऋषिराज तिम्सिना, सदस्यहरु दिनेश पोखरेल, सन्तोष खवास, कुमार बुढाथोकी, नेपाल भेनियर उत्पादक संघ अध्यक्ष श्यामकुमार न्यौपाने लगायत रहेका थिए ।





Discussion about this post