मेचीनगर, १७ जेठ । इलाम-६ राेङका एक जना व्यक्तिलाई मेचीनगरमा खाेलाले बगाएर ल्याएकाे अवस्थामा मृत भेटिएकाे छ ।
इलाम-६ राेङका ५६ बर्षीय भगिरथ तामाङलाई सिद्वी खाेलाबाट मेचीनगर-२ स्थित भृकुटी सम्मकाे सिञ्चाईका लागि प्रयाेग गरिने नहरकाे ढाेकामा घाेप्टाे परी अडकिएकाे अवस्थामा मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
प्रहरीका अनुसार राेङकाे सीमाना जाेडिएकाे मेचीनगर-१ सुनारे टाेल नजिकैकाे नहरमा विहान करिव ५ वजेतिर शाैचालय जाने क्रममा मुसलधारे पानीका कारण लडेर बगाएको हुन सक्ने अनुमान गरेकाे छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिरिङबाट खटिएको टाेलीले कानूनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको र थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाई छ ।




Discussion about this post