८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

मेचीनगरमा प्रविधियुक्त ‘योजना बैंक’ प्रणालीको तयारी

जेष्ठ १८, २०८२, ३:११ .आइतवार
0
0
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ जेठ । मेचीनगर नगरपालिकाले सूचना प्रविधिमा आधारित प्रणाली तयार गरेर योजना बैंक बनाउन लागि परेको छ ।

तीन वर्षे मध्येकालिन खर्च समावेश गरिने गरी डिजिटल प्रणाली मार्फत योजना बैंक बनाउन लागि परेको हो ।

त्यसका लागि नगरपालिकाले वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी सुरु गरेको छ । आइतबार वडा नम्बर १, २ र ३ नम्बर वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा छलफल भएको छ ।

तीन वटै वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठीका प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लोकतान्त्रिक व्यवस्थामा शुसासनको प्रत्यभूति दिने गरी प्रविधियुक्त प्रणालीमा जाने तयारी गरिएको बताएका छन् ।

नगरपालिकाका जुन सुकै योजनाहरु जनताले थाहा पाउने गरी प्रविधियुक्त बनाउन टोल विकास, विभिन्न संघ–संस्था लगायतबाट माग गरिएका योजनाहरु फार्म भरेर योजना बैंकको प्रणालीमा हालेर प्राथमिकताका आधार छनोट हुनेछ ।

७२५ वटै टोल विकास, विभिन्न संघ–संस्था लगायतबाट फार्म भरेर आएका योजनाहरु वडा कार्यालयको प्रविधिमा राखेर नगरपालिका कार्यालयको योजना बैंकमा समावेश हुन्छ ।

प्राथमिकताका आधारमा योजनाहरुलाई छनोट गरेर आगामी आर्थिक वर्ष २०८२÷८३, २०८३÷८४ र २०८४÷८५ का लागि योजना बैंकमा राखिनेछ । त्यसका लागि आयोजना व्यवस्थापन प्रणालीको विकास गरिएको छ । उक्त प्रविधिलाई आगामी साउन महिनादेखि सुरु गरिने कार्यालयको तयारी रहेको छ ।

त्यसैगरी, अन्य कार्यालयबाट दिइने ३४ वटा सिफारिसहरु पनि डिजिटल प्रविधिमार्फत हुनेछ । अब नगरवासीले घरैमा बसेर मोवाइल एपमार्फत सबै कुराहरु हेर्न मिल्ने गरिको प्रविधि विकास गरिने भएको छ ।

प्रभाव, पहुँच र विभिन्न तरिकाबाट मागिने योजनाहरुको अन्त्य गरेर अब प्रक्रियामार्फत प्रणालीमा गएर बार्षिक योजनाहरु क्रमागत तरिकाले प्राथमिकताका आधारमा त्यसको कार्यान्वयन हुँदै जानेछ ।

पूर्वाधार र गैर पूर्वाधारका योजनाहरु दुई प्रकारका फार्ममा भरिसकेपछि योजना मोनिटरिङ प्रणाली जस्तै तीन वर्षे मध्येकालिन खर्च समावेश हुने गरी योजना बैंकमा राखिने छ ।

चुनावका बेला शुसासनको चर्को आवाज उठाएका नगरप्रमुख बुढाथोकीले अब यसलाई कार्यान्वयनको दिशामा लाने जमर्को गरेका छन् ।

उनका अनुसार पहिला राणाशासन वा राजाको पालामा हुप्रबाट चल्ने प्रथाको अब विस्तारै अन्त्य गर्दै लोकतान्त्रिक पद्वतीमा कानून र विधिबाट चलाउन प्रविधियुक्त प्रणालीको खाँचो भएको छ । त्यो नै शुसासनको विकास हो भन्ने बुझेको उनको भनाई छ ।
नगरपालिकाले आयोजना बैंक तर्जुमा २०८१ कानून समेत पारित गरिसकेको छ ।

मेचीनगर–१ नम्बर वडा कार्यालयमा आयोजित वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठीको अध्यक्षता रामकुमार राईले र सञ्चालन वडासचिव विश्वदिप मुण्डाले गरेका थिए । त्यस्तै मेचीनगर–२ नम्बर वडाको गोष्ठीको अध्यक्षता दिपक बरालले र सञ्चालन नगरप्रमुखको स्वकीय सचिव आशिष पौडेलले गरेका थिए ।

यसैगरी मेचीनगर–३ नम्बर वडाको गोष्ठीको अध्यक्षता हर्कबहादुर वस्नेतले, स्वागत वडा सदस्य गीतादेवी नेपालले र सञ्चालन वडा सदस्य खेमकुमार सुब्बाले गरेका थिए ।

तीन वटै गोष्ठीको प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गोष्ठीको औचित्यमाथि प्रकाश पारेका थिए भने प्रविधिको प्राविधिक विषयमा सूचना प्रविधि अधिकृत असोक भेटवालले सहजीकरण गरेका थिए ।

सोमबार वडा नम्बर ४, ५ र ६ नम्बर वडामा, मंगलबार वडा नम्बर ७, ८ र ९ नम्बर वडामा, बुधबार वडा नम्बर १०, ११ र १२ नम्बर वडामा तथा विहीबार वडा नम्बर १३, १४ र १५ नम्बर वडामा वडास्तरीय आयोजना बैंक तर्जुमा गोष्ठी हुनेछ ।

शुक्रबार राजनीतिक दल, जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख लगायतसँग आयोजना बैंक तर्जुमा सम्बन्धी गोष्ठी हुने कार्यालयले जनाएका छ ।

पछिल्लो समाचार

राेङका एक व्यक्ति सिद्वी खाेलाकाे नहरमा मृत भेटिए

अघिल्लो समाचार

संविधान सभा सदस्य उषा गुरूङले गरिन् पूर्वमन्त्रीसँग विहे

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.