झापा, १९ जेठ । संविधान सभा सदस्य उषा गुरूङले पूर्व युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बुसँग विवाह गरेकी छन् ।
काँकरभिट्टा निवासी गुरूङले माेरङकाे लेटाङ घर भएका पूर्व संघिय मन्त्री लिम्बुसँग एक महिनाअघि विवाह गरेकी हुन् ।
गुरूङ २०६४ र २०७० को संविधान सभा सदस्य भएकी थिइन् । गुरुङले आफ्नो प्रोफाइलमा मेरो संसार भन्दै लिम्बुसँगको तस्बिर शेयर गरेकी छन् ।
गुरूङकाे श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । उनी नेपाली कांग्रेस महासमिति सदस्य हुन् । मन्त्री लिम्बुकी श्रीमती गंगामायाको २०८० पुसमा निधन भएको थियो । उनीहरूका १ छोरी र १ छोरा छन् ।
मन्त्री लिम्बु मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेस माेरङका सभापति हुन् । उनी २०८० वैशाखमा युवा तथा खेलकुद विकास मन्त्रीमा नियुक्त भएका थिए ।
पूर्वमन्त्री लिम्बू कै लेटाङकाे घरमा रहनु भएकी संविधान सभा सदस्य गुरूङले हाम्राे एक महिनाअघि नै औपचारिक रूपमा विवाह भएको बताइन् ।




Discussion about this post