८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

दृष्टिकोण वैज्ञानिक ढंगले सोचे समृद्धि सम्भव : पूर्व राष्ट्रपति भण्डारी

जेष्ठ २४, २०८२, २:०१ .शनिबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

झापा, २४ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने बताएकी छन् ।

नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले बिर्तामोड स्थित देवि माविमा शनिबारदेखि सोमबारसम्म सञ्चालन गरेको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनका अनुसार बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने दावी गरिन् । पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक, नीजि क्षेत्र र राज्य पक्षले यसमा लगानीको बातावरण बनाउनु पर्नेमा जोड दिइन् ।

विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिमा दक्ष बनाएर विश्वस्तरीय प्रतिस्पर्धी बनाउन सके प्रदर्शनी फलदायी हुने उनको भनाई छ ।

‘विज्ञानलाई प्रयोगशालामा मात्र सिमित गर्न हुँदैन’, भण्डारीले भनिन्–‘यसलाई विकाससँग जोडेर लैजानु पर्छ । अनि मात्रै विद्यार्थीहरु विज्ञान तथा प्रविधिमा दक्ष हुन्छन् ।’

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज एवम् कोशीका संस्थापक मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका सचिव राजकुमार भण्डारी, देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रदर्शनीमा कोशीका १२ जिल्लाका ७२ वटा विद्यालय सहभागी भएका छन् । स्टलमा विद्यालयहरुले विज्ञान तथा प्रविधिका विषयमा जानकारी दिने सामग्रीहरु प्रदर्शनीमा राखेका छन् ।

एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरलको अध्यक्षता रहेको उद्घाटन कार्यक्रमको सञ्चालन पार्टीका झापा उपाध्यक्ष शिव ढुंगेलले गरेका थिए ।

 

पछिल्लो समाचार

मेचीनगरमा ‘लम्फी स्किन’ रोगको संक्रमण फैलियो

अघिल्लो समाचार

विदेशबाट फर्किएकालाई व्यवसायी बनाउँदै मेचीनगर (भिडियोसहित)

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.