

मेचीनगर, २५ जेठ । विदेशबाट फर्किएका व्यक्तिहरुले मेचीनगर नगरपालिका अन्तरगतको रेमीले आयोजना गरेको उद्यमशीलता विकास तालिमले व्यवसाय गर्न सहज हुने बताएका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी)ले यही जेठ १८ गतेदेखि २४ गतेसम्म सीप विकास केन्द्रमा सञ्चालित उद्यमशीलता विकास तालिमका सहभागीहरुले आइतबार समापनमा व्यवसाय गर्न यो तालिम कोशेढुंगाा भएका बताएका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका मेचीनगरका पन्ध्र वटा वडाका २१ जना व्यवसायमा आवद्व युवाहरु उक्त तालिममा सहभागिता रहेको थियो ।
‘विदेशको अनुभव स्वदेशमा सम्भावना, सम्मानित पुनःएकीकरण हाम्रो सपना’ भन्ने मुल नाराका साथ तालिममा व्यवसायमा जोडिएका, व्यवसाय गर्न चाहाने, व्यवसायमा जोखिम लगायतका विषयमा नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखाका प्रमुख गोविन्दप्रसाद सुवेदी, नगरपालिका अन्तरगत रहेको रोजगार सेवा केन्द्रकी प्रमुख कृपा रेग्मी, सफल उद्यमी चन्द्रकला संग्रौला लगायतले प्रशिक्षण दिएका थिए ।
त्यस्तै तालिम भरी नगरपालिकाका उद्यम विकास सहजकर्ताहरु अश्वनी भट्टराई, गंगा सोरेनले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागी मेचीनगर–१४ निवासी भीमप्रसाद भेटवालले आफ्नै ठाउँमा केहि गरौँ भन्ने हुटहुटीले विदेशबाट फर्किएर कस्मेटिक र जुत्ताको व्यवसाय गरिरहेको बताए । उनले यो तालिमले व्यवसाय गर्न थप मद्दत पुगेको बताए ।
उक्त तालिमको समन्वय र सहजकर्ताका रुपमा रेमीका रोजगार परामर्शकर्ता फडिन्द्र दाहाल, परिवार परामर्शकर्ता सरस्वती मिश्रले सहजीकरण गरेका थिए ।




Discussion about this post