२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान

असार १, २०८२, ३:५७ .आइतवार
0
0
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ असार । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर मेचीनगरले आजदेखि नसर्ने रोग न्यूनिकरणका लागि अभियान सुरु गरेको छ ।

आइतबार धाइजन स्वास्थ्य चौकीमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सुगर र प्रेसरको जाँच गरेर नसर्ने रोग न्यूनिकरण अभियान सुरु गरेका हुन् ।

नगरप्रमुख बुढाथोकीले विभिन्न रोगका कारण विरामीहरु घर–घरमा रहेको बताए । उनले स्वास्थ्यमा हेलच्याक्रराई नगर आग्रह गर्दै नियमित औषधि, खानपिन, रहनसहन, केहि समय बचत गरेर विहान योगा, व्यायम, हिड्डुल गर्नु पर्ने बताए ।

‘घर अगाडि पिच मात्र बनाएर के गर्नु’, बुढाथोकीले भने–‘सबै घरमा मान्छे विरामी छन् । स्वास्थ्यमा पनि ध्यान दिनु पर्छ भन्ने लागेर यस्ता धेरै स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु चलाइरहेका छौँ ।’

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा पन्ध्र वटै वडामा नगरपालिकाले नसर्ने रोग न्यूनिकरणका लागि उच्च रक्त्तचाप, मधुमेह, मिग्रौला रोग, परीक्षण, उपचार र रोकथाम सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त अभियान मेचीनगर–११ नम्बर वडाबाट सुरु गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.अविनाश देवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अभियानका विषयमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले प्रकाश पारेकी थिइन् । कार्यक्रमको अध्यक्षता वडा नम्बर ११ का वडाध्यक्ष रुद्र डाँगीले र सञ्चालन धाइजन स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र चौधरीले गरेका थिए ।

प्रत्येक वडामा २१ दिनसम्म सञ्चालन हुने शिविरमा प्रतिष्ठानका डा.देव, एकजना स्वास्थ्यकर्मी अनामिका मण्डल, ल्यावका प्राविधिकको टोली रहेका छन् । त्यस्तै स्वास्थ्य चौकी र स्वास्थ्य शाखाका गरी १३ जनाको टिम अभियानमा खटिएका छन् ।

स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार टोलमा स्वयमसेवकहरुले ४० वर्षभन्दा कम र त्यसभन्दा माथिका रोगी पहिचान गरेर आएका ५० जना विरामीहरुको दैनिक उपचार सेवा हुनेछ ।

शिविरमा उपचारमा आएका विरामीको प्रकृति हेरेर निःशुल्क औषधि समेत दिइने बताइएको छ । एमलोड ५ एमजी, मेटफरमीन ५ सय एमजी, एडट्रोभास्ट्रीन र गिल्मीप्राइड लगायतका औषधि दिइने गरिएको छ ।

मेचीनगरका करिव एक लाख ३८ हजार नागरिक मध्ये ५० प्रतिशतलाई उपचार सेवा पुर्याउनेलक्ष्य रहेको सापकाटाले जानकारी दिइन् ।

स्वास्थ्य शाखाका अनुसार विभिन्न प्रकारका नसर्ने रोग लाग्न सक्ने अनुमान गरिएका ३६ दशमलव ४ प्रतिशत नागरिकलाई उपचार सेवा दिइने छ ।

उपचार सेवा दिइनु पर्ने अनुमान गरिएका ४० वर्ष कम उमेरका ३५ प्रतिशत र ४० देखि ६० वर्ष उमेरका २३ दशमलव ६० प्रतिशतका नागरिक रहेको उनको भनाई छ ।

पछिल्लो समाचार

झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध

अघिल्लो समाचार

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.