२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उद्यम

झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध

जेष्ठ ३१, २०८२, ५:१४ .शुक्रबार
0
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० जेठ । धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीले विना झनझट सेवाग्राहीलाई सास्ती नदिई अनलाइन सिस्टमबाट सेवा दिन अनुरोध गरेका छन् ।

शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय झापाले धुलाबारीमा मेची उद्योग बाणिज्य संघको समन्वयमा आयोजना गरिएको ‘उद्योग दर्ता प्रक्रिया तथा नियमन विषयक’ अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरुले त्यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले उद्योग कार्यालय कार्यालयमा फायल हराउने र धेरै अनियमितता हुने गरेको दावी गरे । उनका अनुसार यस प्रवृतिलाई कार्यालयले सुधार गर्नु पर्छ ।

होटल व्यवसायी संघका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले घरेलु तथा साना उद्योग कार्यालयमा कुनै पनि फर्मको दर्ता गर्न जाँदा ढिलासुस्ती हुने गरेको वताए ।

उनका अनुसार सेवाग्राहीलाई कुनै पनि सास्ती र झनझट नदिई कार्यालयबाट सेवा दिनु पर्छ । समयको बचत र कागजी झनझट मुक्त गर्न अब कार्यालयले अनलाइन सिस्टमको विकास गर्नु पर्ने उनको भनाई छ ।

नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्यामप्रसाद न्यौपानेका अनुसार उद्योग खोल्न जसरी सजिलो छ, यसको कार्यान्वयनको पाटोमा कार्यालयको नीति नियम झनझट रहेको उनको बुझाई छ ।

अन्तरक्रिया कार्यक्रममा महिला उद्यमीहरु सीता पोखरेल, लीला रिजाल, शान्ति चौधरी लगायतले
उत्पादन गरिएका झोला, क्रिस्टलका माला, ढाकाका सामग्री लगायतको बजारीकरण नभएकाले उद्यमशील महिलाहरुलाई उद्योग दर्ता, नविकरणमा छुटको व्यवस्था र प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेका थिए ।

त्यस्तै मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन उद्योग दर्ता महंगो रहेको बताए । उद्योगी–व्यवसायीको हितमा हुने नीति निर्माण हुनु पर्नेमा उनले जोड दिए ।

बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर) ले स्वागतसहित कार्यक्रममा ऋण खान र छोराछोरी विदेश पठाउन मात्र उद्योग दर्ता नगर्न आग्रह गर्दै कार्यालयले मापदण्डको दायरा फराकिलो पारेर व्यवसायीलाई संरक्षण गर्नु पर्ने बताएका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेतीले कर्मचारीले कानून कार्यान्वयन मात्र गर्ने बताइन् । कस्तो नीति निर्माण गर्ने भन्ने कुरा जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले गर्ने उनको स्पष्ट धारणा थियो ।

बजेट भाषणमा आएका कुराहरुलाई संघीय र प्रदेश सरकारकले आर्थिक ऐनमा समावेश गरेपछि मात्र कार्यान्वयनमा लान सकिने उनको भनाई छ ।

उनले पर्याप्त कर्मचारी नभएको र २०३५ सालदेखिका फायल व्यवस्थित नभएका कारण सेवालाई अनलाइन सिस्टममा लान केहि समस्या भइरहेको स्वीकारेकी छन् । उनले उद्योग दर्ता, नविकरण र खारेजीका विषयमा प्रोजेक्टर मार्फत जानकारी गराएकी थिइन् ।

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका अधिकृत छैटौँ जानकी भट्टराईले प्रविधि हस्तान्तरणका विषयमा जानकारी गराएका थिए ।

कार्यालय प्रमुख उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले गरेका थिए ।

पछिल्लो समाचार

लक्कि डिपार्टमेन्टमा पानीको भल पस्दा ६० लाखको क्षति

अघिल्लो समाचार

मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.