चारआली, २९ जेठ । बुधबार राति अविरल रुपमा आएको पानीले मेचीनगर–१३ स्थित चारआलीको लक्कि डिपार्टमेन्ट (आर्यन प्लाजा) मा नालीबाट पानीको भल बगेर खाद्य सामग्री नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रमेश आचार्यले सञ्चालन गरेको अन्डर ग्राउण्डको लक्कि डिपार्टमेन्टमा बन्दै गरेको एशियन हाइवेको पूर्व पश्चिम राजमार्गको नालीको भलबाट पानी छिरेर किराना, कस्मेटिक, गिफ्ट, ईलोक्ट्रोनिक, दोसरी, डेकुरेसन, कपडा लगायतका सामानहरुमा क्षति हुँदा करिव ६० लाख रुपैयाँ बराबरको नष्ट भएको छ ।
पनीले क्षति पुगेको डिपार्टमेन्टमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायन निरीक्षक प्रमोद रेग्मीको कमाण्डमा टोली खटिएको थियो ।
Discussion about this post