८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

बाहुनडाँगीको हात्ती आतंक रोक्न सेनालाई सहयोग गर्न आग्रह

असार ३, २०८२, ७:३४ .मङ्लबार
0
0
0
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ असार । पछिल्लो समय बाहुनडाँगीमा हुलका हुल आएको हात्तीले क्षति गर्न थालेपछि स्थानीय सरकारको पहलमा सरोकारवाला निकायसँग बसेको छलफलले नेपाली सेनालाई सहयोग गर्न अनुरोध गरेको छ ।

मंगलबार मेचीनगर नगरपालिकाको आग्रहमा नगरप्रमुखको कार्यकक्षमा जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा बसेको छलफलले निरन्तर हात्ती आएर क्षति गर्न थालेपछि अरिमदन गण चारआलीको नेपाली सेनालाई सहयोग गर्न अनुरोधसहित विभिन्न निर्णयहरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको छलफलमा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, अरिमदन गण चारआलीका गणपति प्राजु वस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बु, सशस्त्र प्रहरी वल नेपाल २ नं.हेड क्वाटरका गाणपति तुलबहादुर भण्डारी, डिभिजन वन कार्यालय झापा प्रमुख भरतबाबु श्रेष्ठ, एनटीएनसीकोशीका प्रमुख वीरेन्द्र गौतम, मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, २ का वडाध्यक्ष दिपक बराल, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन तथा बातावरण संरक्षक मञ्च कार्यबहाक अध्यक्ष राजकुमार घिमिरे, पूर्व अध्यक्ष हरिप्रसाद उप्रेती लगायतले हात्तीका समस्या, उपाय र समाधानका बारेमा घनिभूत छलफल गरेका थिए ।

छलफलमा अरिमदन गण चारआलीका गणपति वस्नेतले निकुञ्जमा हात्ती धपाउन समस्या नरहेको बताए । उनले बाहुनडाँगी तथा झापा निकुञ्ज क्षेत्र नभएकोले के गर्न सकिन्छ माथि कुरा गर्ने बताए ।

छलफलले पाँच बुँदामा निर्णय गरेको छ । यस्ता छन् निर्णयहरु

मेचीनगर नगरपालिकाको बाहुनडाँगी क्षेत्रमा हालैका दिनमा भारत तर्फबाट ठुलो मात्रामा हात्तीहरु आउने गरेको र त्यसलाई धपाउने क्रममा स्थानीय बासिन्दा घाइते भएको, स्थानीय बासिन्दाको खेतीबाली तथा बासस्थानमा समेत ठुलो क्षति पुर्याईरहेको सन्दर्भ उपर छलफल गरी देहाय बमोजिम निर्णय गरिएको छ ।

(१) हात्तीलाई धपाउने क्रममा स्थानीयबाट होहल्ला गर्दा हात्ती उत्तेजित भइ झन् धेरै क्षति गर्ने भएकाले हात्ती मानव द्वन्द कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिभिजन वन कार्यालय झापा, स्थानीय जानकार व्यक्तिहरुको संलग्नतामा हाती मानव द्वन्द न्यूनीकरण गर्न पहल गर्ने । तत्काल आवश्यक पर्ने इन्धन, टर्च लाइट लगायतका अत्यावश्यक सामग्री डिभिजन वन कार्यालय झापाले उपलब्ध गराउने र नपुग भएमा मेचीनगर नगरपालिकाले सहयोग गर्ने ।

(२) दीर्घकालीन रुपमा समस्या समाधानका लागि फेंसिंग, बत्ति प्रवन्ध, सडक मर्मत, तटबन्धन र जनचेतना जगाउन जरुरी हुने भएकाले फेंसिंगका लागि के कति बजेट आवश्यक हुन्छ ? डिभिजन बन कार्यालयले मेचीनगर नगरपालिका र मानव हात्ती द्वन्द ब्यबस्थापन तथा वातावारण संरक्षण मन्च समेतसंग समन्वय गरी लागत अनुमान तयार गर्ने र स्रोतका लागि डिभिजन वन कार्यालयले प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने । नपुग बजेटका लागि मेचीनगर नगरपालिका लगायतका निकायसंग समन्वय गर्ने । साथै एनटिएनसी ले समेत उक्त विषयलाई गम्भीरतापुर्वक लिई फेंसिंग र जनचेतनामुलक कार्यक्रमलाई बजेट प्रवन्ध गर्ने ।

(३) ठुलो मात्रामा हात्ती आइरहने क्रम रहिरहेमा नेपाली सेनाले गर्न सक्ने सहयोगको बारेमा अरिदमन गणका गणपतिज्युलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गर्ने ।

(४) ठाउँठाउमा तटबन्धन निर्माणबाट पनि हाती प्रवेशमा न्यूनीकरण गर्न मद्धत पुग्ने भएकाले जनताको तटबन्धन कार्यालयलाई तटबन्धनको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने ।

(५) दीर्घकालीन समस्या समाधानका लागि आवश्यक बजेट प्रवन्ध गरिदिन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई नगरपालिका र जिल्ला प्रशासन कार्यालय मार्फत अनुरोध गर्ने । यस कार्यका लागि सम्बन्धित क्षेत्रबाट संघिय सांसद र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीयज्यूहरुलाई समेत पहलकदमीका लागि अनुरोध गर्ने ।

कार्यक्रमको सहजीकरण झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले गरेका थिए ।

 

पछिल्लो समाचार

उद्यमी बनाउन सीप सिकाउँदै मेचीनगर

अघिल्लो समाचार

मेचीनगरमा पत्रकारकाे दुर्घटना बीमा, दुई पत्रकार पुरस्कृत

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.