मेचीनगर, ४ असार । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क दुर्घटना बीमा गरेको छ ।
बुधबार काँकरभिट्टा खानेपानीकाे सभाहलमा क्लबको १२ औँ स्थापना दिवसको अवसरमा मेचीनगरका ३९ जना सदस्यहरुको निःशुल्क दुर्घटना बीमा गरिएको हो ।
२ लाखका दरले ३९ जना पत्रकारकाे दुर्घटना बीमा गरिएको बताईएकाे छ ।
क्लबले नेपाल माइक्रो इन्स्योरेन्स बिर्तामोडसँग पत्रकारको दुर्घटना बीमा सम्झाैता गरेको हो ।
कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका मेचीनगरका अध्यक्ष प्रकाश पौडेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रेस क्लब मेचीनगरमा ६० जना पत्रकार आवद्ध छन् । बाँकी रहेका सदस्यहरूकाे क्रमिक रूपमा बीमा गरिने उनले बताए ।
साेही अवसरमा दुई जना पत्रकार पुरस्कृत भएका छन् ।
११ हजार १११ काे पत्रकारिता पुरस्कार पत्रकार मुक्ति पौडेललाई र ५ हजारकाे प्रेत्साहन पुरस्कार किशोर उपरकोटीलाई प्रदान गरिएकाे थियाे ।
पुरस्कृत व्यक्तित्वहरूकाे सम्मान पत्र क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निराैलाले बाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, सम्मानित पत्रकार पाैडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भारतकाे सिलगुडी जर्नालिस्ट क्लब पश्चिम बंगाल, काँकरभिट्टा पर्यटन बोर्ड सहितको सहभागितामा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक अन्तरसंवाद सम्पन्न गरेकाे छ ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष खगेन्द्र घिमिरेले र सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।




Discussion about this post